मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

म प्रति झुट्टा र तथ्यहिन समाचार सम्प्रेषण गरियाे : क्षेत्रिय सभापति लक्ष्मण बस्नेत

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२७ चैत्र २०८२, शुक्रबार

झापा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा -३ का क्षेत्रीय सभापति लक्ष्मण बस्नेतले आधारहीन र अपुष्ट समाचार प्रसारण गर्ने सञ्चार माध्यमप्रति कडा असन्तुष्टि जनाएका छन्।

हालै केही सञ्चार माध्यमले बस्नेतसहित झापाका ७ जना रास्वपा कार्यकर्तालाई पार्टीले निलम्बन गरेको भन्दै समाचार सार्वजनिक गरेपछि उनले त्यसलाई सरासर झूट र भ्रामक भन्दै खण्डन गरेका हुन्। बस्नेतले स्पष्ट शब्दमा भनेका छन्, "पार्टीले कुनै पनि किसिमको निलम्बन नगरेको अवस्थामा गलत सूचना फैलाउनु गैरजिम्मेवार मात्र होइन, नियोजित दुष्प्रचारजस्तै देखिन्छ"।

उनले तथ्य पुष्टि नगरी हतारमा समाचार बनाउने प्रवृत्तिले पत्रकारिताको विश्वसनीयता नै धरापमा पारिरहेको आरोप लगाए। “सम्बन्धित पक्षसँग एकपटक सोध्न पनि आवश्यक नठान्ने हो भने त्यस्तो पत्रकारिता जनतालाई भ्रममा पार्नुका साथै सरासर व्याक्तिगत चरित्र हत्या गरेकाे हाे, याे प्रतिशाेधकाे खेलबाहेक अरु केही होइन,” बस्नेतले भने।

बस्नेतले यस्ता भ्रामक समाचार तुरुन्त सच्याउन र आवश्यक परे कानुनी उपचारमा जाने चेतावनीसमेत दिएका छन्। उनले सञ्चार माध्यमलाई कडा शब्दमा सचेत गराउँदै तथ्यमा आधारित, जिम्मेवार र व्यावसायिक पत्रकारिता गर्न आग्रह गरेका छन्।

केहिदिन अगाडि विभिन्न अनलाइन समाचार तथा सामाजिक सञ्जालमा बिर्तामोड नगर सभापति दीपक दिनेश दाहाल, नगर सचिव सृजन अधिकारी, क्षेत्र नम्बर २ का सदस्य राजेन्द्र खनाल, भद्रपुर नगर सभापति प्रेम न्यौपाने, जिल्ला सह–सचिव भीम कुँवर, क्षेत्र नम्बर ३ का सभापति लक्ष्मण बस्नेत तथा क्षेत्र नम्बर ४ की सभापति लीला माया बस्नेतसहितलाई पार्टीले कारवाही स्वरुप निलम्वन गरेकाे समाचार बाहिरीएकाे थियाे ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार