मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

खानेपानीको परिषद साधारण सभा सम्पन्न

देश प्रदेश डेस्क 5481+ समाचार ( )
३० अशोज २०८०, मङ्गलबार

झापा खानेपानी उपभोक्ता तथा सरसफाई समिति भद्रपुर–१० चन्द्रगढीको २१ औं वार्षिक परिषद साधारण सभा सम्पन्न भएको छ । समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीको सभापतित्व तथा प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा मङ्गलबार चन्द्रगढीमा सम्पन्न भएको हो ।

अध्यक्ष अधिकारीले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत् गरेका थिए । समितिले गत आर्थिक वर्ष २०७९। ८० मा सहयोग तथा अनुदान समेत गरी २ करोड ९० लाख ३४ हजार ८ सय ६० रुपैयाँ ९५ पैसा आम्दानी गरी ९  लाख २१ हजार ६ सय ८३ रुपैयाँ ५७ पैसा बचत गरेको जनाएको छ । त्यसैगरी चालु  आर्थिक वर्ष २०८० । ८१ का लागि २ करोड ३४ लाख १७ हजार ९ सय १६ रुपैयाँ ५७ पैसा आम्दानी र ७ लाख २२ हजार ९सय १६ रुपैयाँ ५७ पैसा बचत गर्ने लक्ष्य लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समितिका सहसचिव झुमा शिवाकोटी दाहालले स्वागत गरेको कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता समितिका अध्यक्ष चुडामणि मैनालीले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन समितिका सचिव बावुराम कार्कीले गरेका थिए ।
सुरुमा ४४ किलोमीटर पाइपलाइनसहित १ हजार ५६ धारा सङ्ख्याबाट सुरु भएको संस्था हाल ४ हजार उपभोक्ता र १ सय ५० किलोमीटर भन्दा बढी पाइपलाइन निर्माण भइसकेको समितिले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार