मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

सडकबाट उठाइएकाे शव पुनः घटनास्थलमा ल्याएर अनुसन्धान गरिँदै

देश प्रदेश डेस्क 5194+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार

झापा झापाको बाह्रदशी गाउँपालिका- ३ स्थित ‘राजगढ महोत्सव’ गएका एक जना मृत फेला परेका छन् । बिहीबारबाट शुरु भएको राजगढ महोत्सवमा गएका बाह्रदशी गाउँपालिका– ३ निवासी रविन उप्रेती मृत फेला परेका हुन् । बिहीबार साँझ राजगढ बजार पश्चिममा लगाइएको राजगढ महोत्सवमा गएका उप्रेती आज बिहान त्रिवेणी चौक नजिकै खेतमा मृत भेटिएसँगै प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
प्र-१-०१-०१६ प १५५३ नम्बरको मोटरसाइकल लिएर महोत्सव हेर्न गाएका उनी मृत भेटिएका हुन् । मृतक उप्रेतीले प्रयोग गरेको मोटरसाइकल शवको नजिकै लडेको अवस्थामा भेटिएको मृतकका आफन्त दिनेश मैनालीले बताए । उनले भने – शव र घटनाको प्रकृति हेर्दा मोटर साइकल दुर्घटनामा परी उनको निधन भएको जस्तो देखिँदैन तर, प्रहरीले मुचुल्का नै नगरी शव उठाएर लगेपछि हामीले विरोध गरेका हौँ ।
अहिले मृतक रविनको शव पुनः सोही स्थानमा राखेर मुचुल्का गर्न लागिएको छ । तर, मृतकका आफन्त र स्थानीयले उप्रेतीको दुर्घटनामा निधन भएको हो या कसैले हत्या गरेर शव फालेको हो सो को अनुसन्धान नगरी शव उठाउन नदिने भन्दै विरोध गरिरहेका छन् ।
सवारी दुर्घटनामा परी बेहोस अवस्थामा भेटिएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा स्थानीयले विरोध जनाएको प्रहरीको भनाई छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।
वैदेशिक रोजगारीका लागि साउदी गएका उनी २२ दिन अघि मात्रै घर फर्किएको बाह्रदशी गाउँपालिका कार्यपालिका सदस्य लक्ष्मी निरौला अधिकारीले बताइन् । वैदेशिक रोजगारीबाट फर्किएसँगै उनी जग्गाको कारोबार गर्दै आएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार