मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

पाँच एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२५ कार्तिक २०८०, शनिबार

झापा गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको छ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले  जनपद प्रहरी समूहतर्फका पाँच एसपीहरूलाई सोही समूहतर्फको एसएसपी पदमा बढुवा गरिएको समितिका सदस्य प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले जानकारी दिए।

बढुवा सिफारिस हुनेमा नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं १ नक्सालमा कार्यरत बसन्त रजौरे, नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत रविकुमार पौडेल, काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं २ महाराजगंजमा कार्यरत नबिनराज राई, लुम्बिनी प्रदेश प्रहरी कार्यालयको मानवस्रोत व्यवस्थापन महाशाखा दाङमा कार्यरत वीर बहादुर ओली र काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा कार्यरत चन्द्रदेव राई छन्।

बढुवाका लागि गृहको सिफारिसबारे एक सातापछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ। सिफारिसमा चित्त नबुझे निर्णयअघि उजुरी दिन सकिने व्यवस्था छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार