मुख्य समाचार
झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न |

प्रतिष्ठानको स्थापना दिवसमा जग्गादाता सम्मानित

देश प्रदेश डेस्क 5363+ समाचार ( )
५ माघ २०८०, शुक्रबार

झापा आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानले सात जना जग्गादातालाई शुक्रबार सम्मान गरेको छ ।  

प्रतिष्ठानको प्रथम स्थापना दिवस तथा साधारण सभाको अवसरमा प्रतिष्ठानको संग्राहलय निर्माणका लागि निःशुल्क जग्गा दिने जग्गादातासहित विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको हो । 

भद्रपुर– ६ स्थित भातियाबारीमा प्रतिष्ठानको भवन निर्माण स्थलमा आयोजित कार्यक्रममा जग्गादाताहरू धरेन्द्र राजवंशी, कमल राजवंशी, मालचन राजवंशी, धनमति तामाङ राजवंशी, अर्जुनबहादुर विष्ट, गणेश अधिकारी र श्यामसुन्दर अग्रवाललाई सम्मान पत्रले सम्मान गरिएको हो । उनीहरूले प्रतिष्ठानलाई एक÷एक कट्ठा गरी जम्मा सात कट्ठा जमिन दिएका छन् । 

कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले उद्घाटन गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तुलराम सिंह राजवंशीले प्रतिष्ठानले गरेको वार्षिक गतिविधिको बारेमा जानकारी गराएका थिए । 

नगरपालिकाले छुट्टाएको बजेटबाट गत वर्ष प्रतिष्ठानको कम्पाउन्ड वाल बनाइएको र संस्था दर्ता गराइएको बारेमा उनले जानकारी गराए । 

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, ४ नम्बर वडा अध्यक्ष हंशधर राजवंशी, ६ नम्बर वडा अध्यक्ष रतिया राजवंशी, ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा (मनोज) नेकपा एमालेका जिल्ला सहसचिव असारु राजवंशी, नेकपा माओवादी केन्द्रका डिल्ली घिमिरे (हिक्मत), प्रतिष्ठानका सल्लाहकार संयोजक सुमनसिंह राजवंशी लगायतले मन्तव्य राखेका थिए ।  

स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष सुधीर राजवंशीले राखेको कार्यक्रमको सञ्चालन सचिव नन्दलाल राजवंशीले गरेका थिए । प्रतिष्ठानको प्रथम अधिवेशन समेत भएकोले बन्द सत्रबाट नयाँ कार्य समिति चयन गरिने जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार