मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

विदेश पठाइदिने भनेर १२ लाख माथि ठगेको आरोपमा ४ जना पक्राउ

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१९ भाद्र २०८२, बिहीबार

झापा / विदेश पठाइदिने भनेर १२ लाख माथि ठगेको आरोपमा प्रहरीले ४ जना पक्राउ गरेकाे छ ।

वैदेशिक रोजगारीको प्रलोभनमा पारेर रकम लिएपछि सम्पर्कबिहीन भएकाहरूलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरिएको हाे

यसरी पक्राउ पर्नेमा पर्सा घर भएका ३७ वर्षीय तुफायल मिया जोलाहा, काठमाडौँको कीर्तिपुर घर भएका ५३ वर्षीय सहनसिल महर्जन, रौतहट परोहा घर भएका २० वर्षीय विक्रम शाह र बाँके घर भएका २७ वर्षीया हरिकला खाँण ठकुरी छन् ।

जोलाहाले माल्दिभ्स पठाउँछु भनेर २ लाख ३० हजार र सहनसिल महर्जनले पोल्याण्ड पठाउँछु भनेर ६ लाख २५ हजार ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

बिक्रम साहले युएई पठाउँछु भनेर २ लाख १० हजार तथा हरिकलाले २ लाख २३ हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।

आरोपीहरूलाई प्रहरीले कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार