झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले र्टीसँग भन्दा पनि मतदातासँग गठबन्धन गरेकाे बताएका छन् । मतदाताको शिर निहुरिने कुनै पनि काम नगरेको दावी गर्दै उनले यस्ताे बताएका हुन् । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका नेता लिङ्देनले मतदाताले आवश्यक ठानेर विजयी गराउनेमा ढुक्क रहेको बताए । उम्मेदवार र पार्टीको अध्यक्ष भएको हैसयितले जुनसुकै क्षेत्रमा सार्वजनिक वहस गर्न तयार रहेको समेत उनले बताए ।
जेन्जी विद्रोह ०८४ को निर्वाचन ०८२ मा गर्ने उद्देश्य नभइ देशमा व्याप्त भएको भष्ट्रचार र वेतिथिको विरुद्ध भएको उनको भनाइ थियो । जेन्जी आन्दोलनलाइ अपहरण गरी सँसद विघटन गरेर निर्वाचनको मिति तोकेको उल्लेख गरे । चुनाव गरेर मात्र देश नबन्ने उनको भनाइ थियो । देश बनाउनका लागि सवै राष्ट्रिय शक्ति एक ठाउँमा बसेर नयाँ सहमतीबाट नमिलेका कुराहरु मिलाएर नविन सम्झौता गरी अनिमात्र निर्वाचनमा जानु पर्ने उनको धारणा थियो । सरकारले सहमती भन्दापनि जवरजस्ताी चुनाव गराउने निर्णय गरेपछि भाग लिनु प्रजातान्त्रीक विधि भएको उनले बताए । सरकार सञ्चालनमा देखिएका अनियमितता एक्लै भएर पनि विरोध गरेर रोक्न सफल भएको उनले जनाए ।
साँसद कार्यकारी पद नभएपनि जनताको अपेक्षा भने सवैथोक नेता नै हो भन्ने बुझाइ रहेको उनको भनाइ थियो । साँसद भएको आठ वर्षको अवधिमा निर्वाचन क्षेत्रमा डुवान,शिक्षा, सिंचाई, खानेपानी,सडक लगायतका भौतिक पूर्वाधारमा जनताले सोचेको भन्दा वढी काम गरेको ठोकुवा गरे ।
भौतिक पूर्वाधार पूरा भएपनि स्वदेशमा वसेर गरीखाने बाटो भएन भने विकासको कुनै अर्थ नराख्ने समेत उनकाे बुझाइ थियो ।
क्षेत्र नम्बर ३ मा विगत पन्ध्र वर्ष यतावाट बन्द भएको एसियाकै दोस्रो मोमेन्टो एपरेल्स(गार्भेण्ट) उद्योगलाइ पुनः सञ्चालनमा ल्याउन फायल अघि वढाइसकिएको उनले सुनाए ।
यो पटकको निर्वाचनले राप्रपा देशको निर्णायक बन्ने उनले दावी गरे ।
विगतमा लिङ्देनलाई कडा टक्कर दिने काँङ्ग्रेसका सिटौला यसपटक चुनावी मैदानमा नदेखिएपछि लिङदेन ‘ह्याट्रिक’ गर्ने ‘तानाबाना’ बुन्नमा व्यस्त छन् । लगातार दुईपटक (२०७४ र २०७९ मा) सिटौलालाई चुनाव हराएर यो क्षेत्रलाई आफ्नो पकड बनाएकोमा उनी ढुक्क छन् ।