मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

साना हात नेपालसहित नौ वटा संस्थाहरुलाई सम्मान

देश प्रदेश डेस्क 5361+ समाचार ( )
२० भाद्र २०८०, बुधवार

झापा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औँ दिवसको अवसर पारेर यहाँका नौ वटा गैरसरकारी संस्थाहरुलाई सम्मान गरिएको छ ।

बुधबार  काँकडभिट्टा खानेपानी कार्यालयको सभाहलमा जिल्ला प्रशासन कार्यालयले संयोजन गरेको  दिवसमा मााइती नेपाल, क्यारितास नेपाल, एबीसी नेपाल, शक्ति समूह, आफन्त नेपाल, विश्व सेवा विस्तार, साहसी महिला नेपाल, साना हात नेपाल र मानवाधिकारका लागि एकल महिला समूहलाई सम्मान गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य सबिना बजगाई, झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डीएसपी दिपक भारती, माइती नेपालका कोशी संयोजक गोविन्द घिमिरे, युवा नेतृ उमा शिवाकोटी, मेची उद्योग वाणिज्य संघकी उपाध्यक्ष निर्मला भण्डारी, क्यारितास नेपालका कार्यक्रम संयोजक हिमालय अधिकारी लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा कोभिड–१९ पछि आर्थिक मन्दीका कारण रोजगारीको अवसर खोज्दै बैदेशिक रोजगारीका क्रममा ८० प्रतिशत महिला तथा पुरुष बेचबिखनमा परेको सम्बन्धित सरोकारवाला निकायले आफ्नो परिपत्रमा उल्लेख गरेका छन् ।

त्यसैगरी, कार्यक्रममा डीएसपी भारतीले ७७ वटै जिल्लामा २४३ वटा प्रहरी सेवा कार्यालयबाट बेचिएका वा समस्यामा परेका पीडितलाई उद्दार गरेको जानकारी दिए ।

प्रहरीले आव २०७७÷७८ आवमा २४४ जना, २०७८÷७९ आवमा ४१०, २०७९÷८० आवमा ५५१ जना र चालु आर्थिक वर्षको २०८०÷८१ मा १३१ जनालाई उद्दार गरेको आफ्नो प्रतिपत्रमा उल्लेख गरेको छ ।

कार्यक्रममा मेचीनगरको परिवर्तन थिएटरले ‘सानुको सपना’ नामक कचहरी नाटक मञ्चन गरेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेको अध्यक्षता, क्यारितास नेपालले आयोजना गरेको कार्यक्रमको सञ्चालन मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार