मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

साढे २४ करोड रकम ठगी गर्ने गौरादहका विश्वकर्मा दम्पती कारागार चलान

देश प्रदेश डेस्क 5482+ समाचार ( )
how are you
३१ श्रावण २०८०, बुधवार

झापा सर्वसाधारण जनताका साढे २४ करोड बढी रकम ठगी गर्ने एक दम्पतीलाई पुर्पक्षका लागि झापा कारागार चलान गरिएको छ ।झापा जिल्ला अदालतले मंगलबार गौरादह– १ का सुन व्यवसायी सोमराज विश्वकर्मा र उनकी श्रीमती सुभद्रा विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । विश्वकर्मा दम्पतीलाई कारागार चलान गरिसकेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनीहरूलाई कडा सुरक्षाबीच कारागार पठाइएको थियो ।

गौरादहका चार सय ६६ जनाको २४ करोड ६५ लाख तीन सय ५५ हिनामिना गरेर फरार भएका व्यवसायी विश्वकर्मालाई प्रहरीले साउन ४ गते पक्राउ गरेको थियो । प्रहरीले उनलाई पूर्वी नाका काँकडभिट्टाबाट नियन्त्रणमा लिएको थियो ।

उनले फरार हुनुअघि गौरादह नगरपालिका–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीको मेसेन्जरमा आर्थिक समस्यामा परेका कारण आफू फरार भएको र खोजतलास नगर्नुहोला भन्ने सन्देश पठाएका थिए । पीडितहरूले उनीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा ठगी मुद्दा दर्ता गरेका थिए । त्यसपछि प्रहरीले विश्वकर्मासहित उनकी श्रीमतीलाई पक्राउ गरी मुद्दा चलाएका थिए । सो ठगी धन्दामा संलग्न अन्य २ जना भने अझै फरार रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार