मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

झापामा भारतले दुईवटा अनौठो यन्त्र खसालेपछि .........................

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१४ भाद्र २०८१, शुक्रबार

झापा भारतले नेपाली भूमिमा एकपछि अर्को गर्दै दुईवटा अनौठो यन्त्र बेलुनमा उडाएर खसालेपछि झापावासीहरु सशंकित भएका छन् ।

भारतले बेलुनमा राखेर उडाएको अनौठो यन्त्र हिजो विहान बाह्रदशी– ५ नवकिरण टोल बस्ने बलबहादुर बेघाको घर पछाडि नरिवलको बोटमा झरेको थियो । ठूलो आवाजका साथ बेलुन पड्किएर त्यसभित्रको यन्त्र झर्दा स्थानीयहरु त्रसित भएका छन् ।

केही दिनअघि शिवसताक्षीको झिलझिलेमा पनि त्यस किसिमको यन्त्र झरेको थियो । ट्रान्समिटर जस्तो भएको र एन्टिना समेत रहेको यन्त्रमा weather लेखिएको छ । त्योसंगै हातले I.M.D.– JALPAIGURI 20.08.2024 र 98323.69991 लेखिएको छ ।

हिजो बिहान ९.३० बजेतिर ठूलो आवाजका साथ अनौठो वस्तु झरेको स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली पुगेर हेर्दा थाहा नभएको यन्त्र भेटिएको फूलवारी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक श्रवण चौधरीले बताए । उनले ठूलो आवाजका साथ झरेपनि ठूलो क्षति नभएको जानकारी दिए । त्यस यन्त्रलाई आफूहरुले आज जिल्ला प्रहरी कार्यालयमा बुझाएको चौधरीले बताए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले यसअघि आफूले त्यस किसिमको यन्त्र नदेखेको बताए । मौसम नाप्ने यन्त्रजस्तो लागेपनि के हो र किन नेपाली भूमिमा खसालेको भनेर अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए । ‘ सीमावर्ती भारतको जलपाईगुडीबाट यसलाई उडाएको हुनसक्छ ’ उनले भने, ‘ त्यस यन्त्रका बारेमा अनुसन्धान गर्न मौसमविदलाई खबर गरेका छौं । ’ केही दिनअघि शिवसताक्षीको झिलझिलेमा पनि सोही यन्त्र झरेको उनले जानकारी दिए ।

हावापानी परिवर्तन नाप्नका लागि सो यन्त्रलाई आकाशमा छोडिएको र हावाले उडाएर नेपाली भूमिमा ल्याएको हुनसक्ने भारतीय सीमा सुरक्षा वल एसएसबीका एक अधिकारीले बताए । मौसम विभागले त्यसलाई उडाएको उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार