मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

झिलझिलेका इन्सपेक्टरमाथि बञ्चराे प्रहार गर्ने ३ युवा प्रहरी नियन्त्रणमा

देश प्रदेश डेस्क 5361+ समाचार ( )
साङ्केतिक तस्वीर
७ भाद्र २०८०, बिहीबार
                                                                                  साङ्केतिक तस्वीर
झापा   इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख तथा प्रहरी निरीक्षक युवराज कटवाल माथि आक्रमण भएको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित याङया चोकमा तीनजनाको संख्यामा रहेको युवाहरूको समूहले प्रहरी निरीक्षक कटवालमाथि सांघातिक आक्रमण गरेको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । आक्रमणबाट कटवालको टाउकोमा चोट लागेको छ ।

तीनजनाको संख्यामा मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरी निरीक्षक कटवाल नेतृत्वकाे टाेलीले राजमार्गमा रोकी सम्झाउने क्रममा उनीहरुले बन्चरो प्रहार गरेका थिए । स्थानीयका अनुसार तीनै जना युवाले मदिरा सेवन गरेका थिए ।

जिल्लाका डिएसपी खगेन्द्र प्रसाद रिजालले दिएकाे जानकारी अनुसार  विहीबार वेेलुुका ७ बजेर ५० मिनेटकाे समयमा  झरना पुल नजिकै लागूऔषध ब्राउनसुगर सेवन गरीरहेका छन भन्ने गोप्य सुचनाको आधारमा ईप्रका झिलझिलेबाट प्र.नि  कटुवालको कमान्डमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले ३ जना सवार मे ४ प २७५१ नं. को मोटरसाइकल  लापरबाहि हिसाबले चलाएकोले रोकि किन यसरी चलाएको भनि सोधपुछ गर्ने क्रममा मो.सा. पछाडि सवार ऐ.ऐ. बस्ने बर्ष-३६ को अशोक पोखरेलले अचानक लुकाई छिपाई ल्याएको हाते बन्चरोले प्र.नि.को टाउकोमा प्रहार गर्दा टाउकोमा २ ठाउमा चोट लागेको थियाे । घटनापछि दुधे स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात B&C अस्पताल बिर्तामोड रिफर भएको उनले जानकारी दिए । प्रहरीले  माेटरसाइकलसहित  ऐ.ऐ. बस्ने बर्ष-३२ को बिकाश भन्ने अरुण तामाङ र बिचमा सवार ऐ.ऐ. बस्ने बर्ष-३३ को लक्ष्मण टुडु ,बन्चरो हान्ने मानिस सहित ३ जना  र बन्चरो नियन्त्रणमा लिई ईप्रका झिलझिलेमा ल्याएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Thalaram Adhikari ७ भाद्र २०८०, बिहीबार

durbesani mathi kada sajaye garinu parxa !!

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै