मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

‘लापता’ विश्वप्रकाश लेखनाथ चाैकमा उपस्थित

देश प्रदेश डेस्क 5194+ समाचार ( )
२७ आषाढ २०८१, बिहीबार

झापा बिर्तामोड– चन्द्रगढी सडकखण्ड निर्माण नभएको भन्दै भद्रपुरबासीहरुले लगातार आन्दोलन गर्दै आएपछि जनताको समस्याप्रति ती जिम्मेवार नेताहरु गैरजिम्मेवार भएको आरोप लागिरहँदा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा आज स्वयं प्रभावितहरुसमक्ष उपस्थित भएका छन् । 

उपभाेक्ताले  नेकपा एमाले अध्यक्ष केपी ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लापता भएको भन्दै ती नेताहरुको तस्वीर सार्वजनिक गरेका छन् ।

उनले समस्याबाट प्रभावित भएर आन्दोलित भद्रपुरबासीसमक्ष उपस्थित भएर सान्त्वना दिएका छन् । महामन्त्री शर्माले बिर्तामोड–चन्द्रगढी सडकखण्ड निर्माण कार्य सम्पन्न हुन अझै केहि समय लाग्ने बताए । भद्रपुर नगरपालिका वडा न. १० को कार्यालयमा नगरवासीहरुसंग भएको छलफलमा उनले यो आर्थिक वर्ष समाप्त भइसकेको र ठेक्का लागेको रकम बराबरको काम पुरा भएपछि मात्र थप बजेट माग्न मिल्ने भएकोले निर्माण कार्य ढिलो हुने बताए । छलफलमा थप बजेट माग गर्न भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको नेतृत्वमा वडा न. ७ का वडा अध्यक्ष अभिषेक ढुंगाना र वडा न.१० का वडा अध्यक्ष टेकवहादुर खडका काजी सदस्य रहने गरी समिति गठन गरिने भएको छ ।

देउनियादेखि पूर्वपट्टिको सडकखण्ड बजेट अभावका कारण यस वर्ष निर्माण नहुने भएपछि स्थानीयहरु आन्दोलित बनेका छन् । वर्षा लागेसंगै सडक हिलाम्मै हुँदा कहिले धान रोप्दै त कहिले सांसदहरु ‘लापता’ भएको तस्वीर राखेर उनीहरु आन्दोलित छन् ।

सामाजिक संजालमा सदरमुकाम ट्रोल नै बनिसकेको छ । गरामनी–भद्रपुर सडकको ८.७ किलोमिटर सडकखण्ड निर्माण गर्ने ठेक्का काठमाडौंको कन्टेक प्रालिले लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार