मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

टेक वन’को प्रदर्शन रोक्न भन्दै जिल्ला अदालत काठमाडौंमा रिट दायर

देश प्रदेश डेस्क 5361+ समाचार ( )
१३ माघ २०८१, आइतबार

फिल्म ‘एक्टर’ र ‘एक्टर : टेक वन’बीच नामलाई लिएर उत्पन्न विवाद अदालतसम्म पुगेको छ । मुद्दाको अन्तिम किनारा नलागेसम्म माघ १६ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न माग गर्दै ‘एक्टर’ फिल्मका निर्माताले जिल्ला अदालत काठमाडौंमा रिट दायर गरेका छन् ।

दायर रिटमा प्रतिलिपि अधिकार बमोजिम कार्वाही गरि उचित क्षतिपूर्ति उपयुक्त आदेश माग गरिएको छ । ‘एक्टर’ चलचित्रका प्रस्तोता नेपाली डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फबाट सम्राट थापाले अदालतमा मुद्दा हालेका हुन् ।

रिटमा चलचित्र विकास बोर्ड, निर्माता कम्पनी अदृत फिल्म्स र मोती फिल्म्सलाई विपक्षी बनाइएको छ । फिल्मको नाम हुबहु चोरी गरेर मौलिकजस्तो देखिने गरि कानूनी प्रावधान समेत छली नाम र कथावस्तु प्रयोग गरेर गैरकानूनी कार्य गरेको आरोप रिटमा लगाइएको छ ।

साथै, रिटमा ‘एक्टर : टेक वन’लाई कुनैपनि विधि, पद्दति (चलचित्रघरमा, डिजिटल माध्यममा, टेलिभिजनमा) कहिँ कतै प्रदर्शन नगर्नु नगराउनु भनि रोक्काको आदेश समेत जारी गरि पाऊँ भन्ने माग गरिएको छ ।

विपक्षीको कार्यले मेरो फिल्मको विषयमा आम दर्शकमाझ भ्रमको अवस्था सिर्जना भई मेरो फिल्मले तत्काल आशातित व्यापार गर्न नसकेको अवस्था छ भने मैले निकट भविष्यमा विदेशमा चलचित्र प्रदर्शन गर्ने योजना बनाएकोमा विपक्षीको कार्यले मलाई धेरै क्षति हुने अवस्था छ’ रिटमा उल्लेख छ ।

आफ्नो कम्पनीलाई आगामी दिनमा एक्टरको श्रृंखला निर्माणको अनुमति दिन समेत भनिएको छ । नामलाई लिएर यी दुई फिल्मबीच केही समयदेखि विवाद चलेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार