मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

नेपाली नागरिकताको फोटोकपी बोक्ने चिनिया नागरिक भारतमा पक्राउ

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२६ अशोज २०८०, शुक्रबार

झापा काँकडभिट्टा नाकाबाट नेपाली नागरिकता बोकेर अवैध रुपमा भारत प्रवेश गरेका एक चिनिया नागरिक भारतमा पक्राउ परेका छन् ।

चिनिया नागरिकलाई सहयोग गरेको आरोपमा भारतीय एसएसबीले दुई नेपाली नागरिकलाई समेत पक्राउ गरेको छ । नेपाल भारतको सीमा नाका काँकडभिट्टा हुँदै भारतको पानीटंकी बजार पुगेका चिनिया नागरिक ली शियाकाङ र उनलाई सहयोग गर्ने  सञ्जीव सुयाल र चित्र गुप्ता अधिकारी पक्राउ परेका हुन् । उनीहरू गाडी चढेर शुक्रबार दिउँसो भारत गएका थिए ।

सीमामा तैनाथ एसएसबी ४१औँ बटालियनका टोलीले आवश्यक कागजपत्र माग्दा चिनिया नागरिक शियाकाङले नेपाली नागरिकताको फोटो कपि देखाएका थिए ।

एसएसबीका जवानलाई उनीमाथि शङ्का लागेर नियन्त्रणमा लिएर थप सोधपुछ गर्दा चीनबाट नेपाल आएको थाहा पाए । त्यसपछि चिनिया नागरिकसहित तीनै जनालाई पक्राउ गरी खोरीबारी प्रहरीलाई जिम्मा लगाएका थिए । प्रहरीले तीनै जनालाई सिलिगुडी अदालतमा पेस गर्नुका साथै घटनाको बारेमा थप अनुसन्धान गरिरहेको भारतीय प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार