मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

सप्तकोशीको कोशी ब्यारेज पुलमा पैदल हिँड्न र चढ्न निषेध

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२० श्रावण २०८१, आइतबार

झापा सप्तकोशीको कोशी ब्यारेज पुलमा सर्वसाधारणको चाप र बोलबम जानेहरूको आगमनलाई ध्यानमा राखेर पुलमा पैदल हिँड्न र चढ्न निषेध गरिएको छ ।

वार्षिक रूपमा कोशी ब्यारेज पुलमा चढ्ने र केहीले आत्महत्याको प्रयास समेत गर्ने गरेको तथ्यलाई ध्यानमा राखेर कोशी ब्यारेज प्रहरीले प्रवेश निषेध लेखिएको पेपर टाँसेर निषेध गरिएको हो ।कोशी र मधेस प्रदेशको सिमानामा पर्ने सप्तरी र सुनसरी जोड्ने कोशी ब्यारेज पुलमा चढ्न तथा ढोका नजिक भएर हिँड्न प्रवेश निषेध गरेको सूचना सहित प्रवेश निषेध लेखिएको पेपर टाँसिएको छ ।

भारत र नेपालको विभिन्न ठाउँबाट आएको मानिसहरूले पटकपटक हाम फालिरहेको अवस्थामा प्रहरीले उद्धार गर्नुपर्ने र साउन महिनामा बोलबमका लागि जल भर्न विभिन्न ठाउँबाट आएको मानिसहरूले समेत कोशी ब्यारेजको पुलबाट हाम फालेको विगतको घटनालाई ध्यानमा राखेर कोशी पुलमा प्रहरीले निषेध गरिएको पेपर टाँसिएको हो ।

प्रहरी चौकी कोशी ब्यारेजका प्रहरी नायब निरीक्षक सुभाषचन्द्र सुनुवारका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ७५ जनाको उद्धार गरिएको छ । कोशी पुलमा घुम्न आएको र सेल्फी वा फोटो खित्ने बाहानमा आउने र अचानक हाम फालेर आत्महत्या गर्ने प्रयास गर्ने गरेकोले त्यसमा ध्यानमा राखेर निषेध क्षेत्र घोषणा गरेको सुनुवारले बताए ।

सुनुवारका अनुसार एक वर्षमा प्रहरीले ७५जनालाई विजितै उद्धार गरिएको छ । केहीको ज्यान समेत गएको विगतको अनुभवलाई ध्यानमा राखेर निषेध क्षेत्र सहित प्रहरी निगरानी बढाएको बताए ।

त्यसैगरी साउनमा कोशी पुलमा भव्य साउने मेला समेत लागेकाले आम नागरिकलाई सुरक्षा दिनु प्रहरीको जिम्मेवारी भएको भन्दै कोशी पुलमा चढ्नको लागि निषेध पेपर टाँसिएको प्रहरीले जनाएको छ ।

 आइतबारको बिहानैदेखि सोमबार बिहानसम्म कोशी पुलमा जल भर्नको लागि विभिन्न ठाउँबाट आएको भक्तजनहरूले कोशीपुलमा जल भरेर विभिन्न ठाउँको भोलेनाथ, शिव मन्दिरमा जल चढाउँन जाने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार