मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

घुस लिएको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष ओली निलम्बित

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१० अशोज २०८१, बिहीबार

झापा  सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिएको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली(गोपाल) निलम्बनमा परेका छन्।

तीन दिन अगाडि बिर्तामोडको हनुमान सेन्ट्रलमा एकजना सेवाग्राहीसँग घरबाटो सिफारिस गरिदिएबापत ओलीले ८० हजार रुपैयाँ घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेका थिए। उनलाई नेकपा माओवादीको नेत्रविक्रम चन्द समूहका नेता कार्यकर्ताले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए।

घरबाटो सिफारिसका लागि अनाधिकृत रकम बुझाउने भारतका अमरनाथ चौहानलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेका चौहानमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ।

वडा अध्यक्ष निलम्बनमा परेको पत्र गाउँपालिकामा आएको पालिकाका अध्यक्ष मनोज प्रसाईले जानकारी दिए। उनले कार्यपालिकाको बैठक बसेर कार्यवाहक तोक्ने तयारी भइरहेको जानकारी दिएका छन्।

उनी गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार