मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |

झापाकाे माईधारमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते (नामावलीसहित)

देश प्रदेश डेस्क 5479+ समाचार ( )
१२ कार्तिक २०८२, मङ्गलबार

झापा / झापाको शिवसताक्षी नगरपालिका–१०  माईधार चोक नजिकै बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।

रामेछापको मन्थलीबाट झापाको काँकरभिट्टा गइरहेको प्रदेश १–०१–००१ क ४२०९ नम्बरको बस अनियन्त्रित भई आज बिहान सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेहरुलाई उपचारका लागि बिर्तामोड पठाइएको छ । ६ जना यात्रु भने सकुशल रहेकाले गन्तव्यतर्फ गएका छन् । बसमा २५ जना यात्रु थिए ।

दुर्घटनामा घाइते हुनेहरुमा बस चालक झापा मेचीनगर–६ का ३९ वर्षीय राजु भुजेल सहित झापा गाउँपालिका–३ का १७ वर्षीया इक्षा लिम्बू, कचनकवल–४ का २० वर्षीय रविलाल गणेश, कचनकवल–४ की २१ वर्षीया परिना गणेश, बिर्तामोड–१० की ३६ वर्षीया सिमित्रा खड्का कार्की र उनको छोरा ९ वर्षीय एलोन घाइते छन् ।

त्यसैगरी, झापाको कचनकवल–६ की २७ वर्षीया भेमा राजवंशी, बिर्तामोड–५ का ३५ वर्षीय रामकुमार श्रेष्ठ, उनका छोरा ९ वर्षीय रिदम, बिर्तामोड–५ का २३ वर्षीय पूर्णबहादुर नेपाली, सोही स्थानकी १८ वर्षीया शितल नेपाली, बाह्रदशी–५ का २१ वर्षीय अभिषेक राजवंशी र झापा गाउँपालिका–२ का १८ वर्षीय श्यामलाल किस्कु घाइते छन् ।

रामेछापको मन्थली–१० का ६५ वर्षीय अम्बरबहादुर बुढाथोकी रामेछाप मन्थली–९ का ३५ वर्षीय भीमप्रसाद पुरी, रामेछाप खाँडादेवी–३ का ६५ वर्षीया मिटु खत्री, रामेछाप देउरालीकी ८ वर्षीया अनु श्रेष्ठ पनि घाइते छन् ।

यसैगरी दोलखाको बैत्येश्वर–३ का ३० वर्षीय प्रदीपबहादुर बस्नेत र दोलखा तामाकोशी–३ का २८ वर्षीय कुमार बस्याल घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते यात्रुहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार