मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

सिटी सफारी चार्ज गर्दा करेन्ट लागेर भद्रपुरमा शम्भूकाे मृत्यु

देश प्रदेश डेस्क 5194+ समाचार ( )
१० कार्तिक २०८१, शनिबार

झापा सिटी सफारी चार्ज गर्दा करेन्ट लागेर भद्रपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ५ देवीबस्ती निवासी ३६ वर्षीय शम्भु सहनी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सहनी शुक्रबार दिउँसो १ बजेको समयमा आफ्नै घरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

घाइते सहनीलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि ओमसाई पाथीभरा हस्पिटल लगिएको र उनको गएराति १० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसअघि गत असोज ८ गते दमकमा करेन्ट लागेर एकजनाको मृत्यु भएको थियो । इलाम महमाई स्थायी ठेगाना भई दमक नगरपालिका वडा न. ८ डेरा गरी बस्ने अन्दाजी २६ वर्षीय कमल बुर्जामगरको आफ्नै सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो ।

त्यस्तै गत असोज १३ गते सिटी सफारी चार्ज गर्दा करेन्ट लागेर सुनसरीमा एकजनाको मृत्यु भएको थियो ।
बराहक्षेत्र नगरपलिका–४ बराहक्षेत्रमा आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा अचानक करेन्ट लाग्दा ५५ बर्षीय भिखन चौधरीको घटनास्थलमा नै मृत्यु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार