मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

देश प्रदेश डेस्क 5479+ समाचार ( )
२३ भाद्र २०८३, मङ्गलबार

इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका एक जना थुनुवाको मंगलबार बिहान मृत्यु भएको छ। प्रहरीका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका-४ घर भएका ६८ वर्षीय गोपाल कार्कीको मृत्यु भएको हो।

प्रहरी हिरासतमा बेहोस अवस्थामा फेला परेपछि कार्कीलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। प्रतिष्ठान पुर्‍याउनसाथ बिहान करिब ४ बजेतिर चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ। कार्की भदौ ५ गतेदेखि बाल यौन दुरुपयोग मुद्दाका प्रहरी हिरासतमा थिए। मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेका बेला अचानक उनको मृत्यु भएको हो। 

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले उपचारका क्रममा थुनुवाको मृत्यु भएको बताए। आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव परिवारलाई बुझाइने उनको भनाइ छ। कार्कीको मृत्युको कारण खुल्न बाँकी छ। शवलाई पोस्टमार्टमका लागि प्रतिष्ठानमै राखिएको छ।

अनुसन्धानपछि मात्रै थुनुवाको मृत्युको कारण यकिन हुने डीएसपी खड्काले बताए। प्रहरी अनुसन्धानमै रहेका बेला ज्यान गुमाएका कार्की आफैं नेपाल प्रहरीका पूर्व हवल्दार रहेको बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार