मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

बालिकाको मोटरसाइकलको ठक्करबाट मृत्यु

देश प्रदेश डेस्क 5482+ समाचार ( )
७ श्रावण २०८१, सोमबार

                                                                                                                               साङ्केतिक तस्वीर

झापा दाङको लमहीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय १० वर्षीया  स्वस्तिका चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तगर्त लमही नगरपालिका –१ नर्तीमा मोटरसाइकलले ठक्कर दिँदा बालिका घाइते भएकी  प्रहरीले जनाएकाे छ । स्वस्तिका आफ्नो घरबाट छिमेकीको घरमा जाँदै गर्दा मोटरसाइकलले ठक्कर दिएको थियो।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालका अनुसार आइतबार बेलुका करिब पौने आठ बजेतिर बाटो काट्दै गरेकी स्वस्तिकालाई लु ९५ प ८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिई गम्भीर घाइते तुल्याएको थिय। मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै थियो। 

गम्भीर घाइते बालिकालाई उद्धार गरी लमही अस्पतालमा उपचारका लागि लगिएको भए पनि उनको उपचारका क्रममा मृत्यु भएको भुसालले बताए। 

ठक्कर दिने मोटरसाइकल चालक गढवा गाउँपालिका– २ महादेवाका  २९ वर्षीय अपिल शर्मा पनि घाइते छन्। प्रहरीका अनुसार उनलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार