मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

१११ औँ विपी जन्मजयन्ती
विभिन्न कालखण्डमा लड्ने काँङ्ग्रेसका तीनजनालाइ सम्मान

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२४ भाद्र २०८१, सोमबार

झापा ।  देश परिवर्तनका लागि विभिन्न कालखण्डमा लड्ने नेपाली काँङ्ग्रेसका तीनजनालाइ सम्मान गरिएकाे छ । सम्मानित हुनेहरूमा झापा बाह्दशिका बाबुलाल टुडु, हल्दीबारीका अमृतबहादुर आङ्दम्बे र कचनकवलका स्वर्गीय चन्द्रमणि भट्टराईकी श्रीमती सितादेवि भट्टराई छन् । विपी कोइरालाको १११ औँ जन्मजयन्तीका अवसरमा नेपाली काङ्ग्रेस प्रतिनिधि सभा क्षेत्रीय समिति क्षेत्र नम्बर ३ झापाले सोमबार भद्रपुरमा आयोजना गरेको क्षेत्रीय भेला तथा सम्मान कार्यक्रममा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले उनीहरूलाइ सम्मान पत्रसहित दाेसल्ला ओढाएर सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा भट्टराइकाे स्वर्गाराेहण भइसकेका कारणा उनकी श्रीमतीलाइ सम्मान गरिएकाे थियाे । त्यसैगरी  आङ्दम्बे अस्वस्थ्य भएका कारण उनकै घरमा लगेर दिने जनाइएकाे थियाे ।

प्रमुख अतिथि समेत रहेका  सिटौलाले पार्टी भित्र देखिएका सानातिना विवादमा नलागि सवै एकजुट हुन आव्हान गरेका थिए ।  सुन्न सक्ने क्षमता नराखे पार्टी कुनैपनि वेला खाडलमा पर्नसक्ने हुँदा सवैको कुरा सुन्न ज्ञानको द्धार(ढोका) खुला राख्न निर्देशन समेत दिएका थिए ।
पूर्व गृहमन्त्री समेत रहेका नेता सिटौलाले  दुःखमा परेका वेला एक्लै हैन सवै एकजुट भएर गरिव दिन दुखीको सेवा गर्नु नै वीपीको सिद्धान्त भएकोले त्यसलाइ अवलम्बन गर्दै जान नेता तथा कार्यकर्तालाइ सुझाव दिएका थिए ।

क्षेत्रीय सभापति  गणेश पोखरेलको सभापतित्व एवम नेता सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा
चिन्तामणि खरेलले स्वागत गरेका थिए भने भक्त परियारले देशभक्ति गित प्रस्तुत गरेका थिए । कार्यक्रममा महधिवेशन प्रतिनिधि कृष्ण मैनालीले विपीकाे अवधारणाका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा महाधिवेशन समिति सदस्य गोमा भट्टराई,कार्यवाहक जिल्ला सभापति केशवराज पाण्डे, भद्रपुर ,हल्दीबारी , कचनकवल र बाह्रदशिका पार्टी अध्यक्ष क्रमशः रामबहादुर कँडेल ,गङ्गा प्रसाई, तुलाराम अधिकारी र इन्द्र बस्नेतले आ–आफना धारणा राखेका थिए ।

क्षेत्रीय सचिव गिताप्रसाद भट्टराई र भूपाल बस्नेतले कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार