मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

मैवाखोलामा ट्याक्टर खस्यो, चालकसहित दुई जना बेपत्ता

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२२ भाद्र २०८३, सोमबार

झापा / ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजार नजिकै मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सोमबार बिहान करिब २ः४० बजे आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट गोलिया बोकेर अरुण भेनियरतर्फ जाँदै गरेको ट्याक्टर मैवाखोलाको पुल छेउबाट खोलामा खसेको हो।

सडकबाट करिब २० मिटर तल खसेको ट्याक्टरमा सवार चालक समीर बराइली र अनिल नाल्बो बेपत्ता भएका छन्। दोभान इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक शिवकुमार मण्डलका अनुसार दुर्घटनापछि दुवै जनालाई खोलाले बगाएको अनुमान गरिएको छ।

दुर्घटनामा परेको ट्याक्टरको नम्बर खुलेको छैन। प्रहरीका अनुसार उक्त ट्याक्टर भेनियर उद्योगको रहेको खुलेको छ।

घटनालगत्तै दोभानका स्थानीय बासिन्दा र प्रहरीसहितको टोलीले बिहानैदेखि खोलामा बेपत्ताको खोजी गरिरहेको छ। खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सदरमुकाम फुङलिङबाट समेत थप प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।

खोलाको तीव्र बहाव र भौगोलिक कठिनाइका कारण खोजी कार्यमा चुनौती देखिएको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत कारण भने खुल्न बाँकी छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै