मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

झापामा प्रहरीको विशेष अपरेसन : कागजातविहीन १६८ अटो र सिटी सफारी कारबाहीमा, २ लाखभन्दा बढी राजस्व सङ्कल

भेषराज नेपाल 150+ समाचार ( )
१७ श्रावण २०८३, आइतबार

झापा / झापाका विभिन्न स्थानमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स), बिलबुक, बिमा तथा अन्य आवश्यक कागजातबिना सञ्चालन भइरहेका सिटी सफारी र अटोमाथि प्रहरीले विशेष निगरानी बढाएको छ। जनगुनासो बढ्न थालेपछि नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले सञ्चालन गरेको विशेष ‘चेकिङ अपरेसन’का क्रममा १६८ वटा सिटी सफारी तथा अटोलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाले आइतबार सार्वजनिक गरेको विवरणअनुसार शनिबार जिल्लाका विभिन्न स्थानमा एकसाथ विशेष चेकजाँच अभियान सञ्चालन गरिएको थियो। अभियानका क्रममा २८५ वटा सिटी सफारी र ७३ वटा अटो गरी कुल ३५८ सवारीसाधनको परीक्षण गरिएको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार जाँच गरिएका सवारीसाधनमध्ये १६८ वटा अटो तथा सिटी सफारी आवश्यक कागजातबिना सञ्चालन भएको पाइएपछि कानुनी कारबाहीका लागि नियन्त्रणमा लिइएको हो। कारबाहीमा परेका अधिकांश सवारीसाधनमा लाइसेन्स, बिलबुक, बिमा तथा अन्य अनिवार्य कागजातको अभाव रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनमाथि आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारबाही गर्दा हालसम्म दुई लाख १० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। यस्तै, चेकिङका क्रममा तत्काल आवश्यक कागजात प्रस्तुत गर्न नसकेका २७ वटा सवारीसाधनलाई थप अनुसन्धान र कागजात प्रमाणीकरणका लागि नियन्त्रणमै राखिएको छ।

प्रहरीले पछिल्लो समय सिटी सफारी र अटो चालकहरूले नियमविपरीत सवारी सञ्चालन गर्ने, कागजात नबोक्ने तथा ट्राफिक नियमको बेवास्ता गर्ने गरेको सम्बन्धमा सर्वसाधारणबाट लगातार गुनासो आइरहेकाले विशेष अभियान सञ्चालन गरिएको जनाएको छ। यस्तो अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने र नियमविपरीत सवारी सञ्चालन गर्नेमाथि कडा कारबाही गरिने चेतावनी दिइएको छ।

ट्राफिक व्यवस्थापन, सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनका सम्पूर्ण कागजात अद्यावधिक राख्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न प्रहरीले सबै चालकलाई आग्रह गरेको छ। प्रहरीले आवश्यक कागजातबिना सवारी सञ्चालन नगर्न र यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्नसमेत अनुरोध गरेको छ।

विशेष अपरेसनमार्फत एकै दिन ठूलो संख्यामा अटो तथा सिटी सफारी कारबाहीमा परेपछि जिल्लामा ट्राफिक नियम कार्यान्वयनलाई थप प्रभावकारी बनाउने संकेत देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार