मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

८० वर्षीया आमाले छोरीलाई गरिन् मिर्गौला दान

देश प्रदेश डेस्क 5481+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

म्याग्दीकी ८० वर्षीया गुमा भण्डारीले आफ्नी ५५ वर्षीया छोरी सीता पाण्डेलाई मिर्गौला दान गरेर मातृत्व र साहसको दुर्लभ उदाहरण प्रस्तुत गरेकी छिन्। किष्ट अस्पतालमा यो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको हो ।

छोरी सीता पाण्डे गम्भीर स्वास्थ्य समस्याबाट पीडित थिइन् र चिकित्सकले उनको जीवन बचाउन मिर्गौला प्रत्यारोपण अनिवार्य भएको बताएका थिए। यस्तो अवस्थामा ८० वर्षको उमेरमा पनि गुमा भण्डारीले कुनै हिचकिचाहट बिना आफ्नै ज्यानको जोखिम मोलेर मिर्गौला दिने दृढ निर्णय लिइन्।

सर्जरीको दिन अस्पतालका चिकित्सक, नर्स र परिवारका सदस्यहरू निकै भावुक बनेका थिए। ८० वर्षको उमेरमा आमाले छोरीलाई जीवन दिन गरेको यो त्याग नेपाली समाजका लागि एउटा ऐतिहासिक क्षण बन्यो। प्रत्यारोपण सफल भएपछि सीताको अनुहारमा देखिएको मुस्कानले सबैको मनमा खुसी छायो।

यो घटना चिकित्सा क्षेत्रको सफलता मात्र नभएर एक आमाको अटुट माया, अमूल्य बलिदान र साँचो प्रेमको कथा भएको अस्पतालको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार