मुख्य समाचार
एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी |

सर्वसाधरणको एक अर्ब बढी ठगेर सुरुङ्गाका सुन व्यावसायी फरार

देश प्रदेश डेस्क 5492+ समाचार ( )
२६ कार्तिक २०८०, आइतबार

झापा । लामो समयदेखि झापा सुरुङ्गामा सुन चादीको व्यावसाय गर्दै आएका नवराज बिमली हेमुले करिब १ अर्ब भन्दा बढी रकम ठगि गरेर वेपत्ता बनेका छन ।सुरुङ्गा बजारमा पाथिभरा सुनचादी पसल संञ्चालन गर्दै आएका बिमलीबाट ठगिनेहरुमा कनकाई नगरपालिकाकी उपमेयर आशा शर्मा शिवाकोटी देखि लिएर कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चम्लगाई सम्म ठगिमा परेका छन् । जनप्रतिनिधिहुनु भन्दा अगाडिदेखि कारोबार गर्दै आएकोले  ठगिएको जनप्रतिनिधिहरुको गुनासो रहेको छ । नवराज बिमली भने गत कार्तिक १० गतेदेखि पसल बन्द गरेर परिवारै वेपत्ता बनेका छन । उनीहरुबाट पीडितहुनेहरुमा हालसम्म ७० हजार रुपैँयादेखि लिएर १ करोड १३ लाख सम्म .ठगिएको बताएका छन ।उनीहरु सबैजनाले  ठगिएको भन्दै कनकाई नगरपालिका ३ को वार्डकार्यालय तथा इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएका छन । भने आफुहरु ठगिएको भन्दै हेमु बिमली पीडित समिति समेत गठन गरेर आन्दोलन सुरु गरेका छन ।

झापा गाउँपालिका वडानम्बर ६ का पुर्व जनप्रतिनिधि मोहन पोखरेलको संयोजकत्वमा २१ सदस्यीय खोजविन समिति समेत गठन गरिएको छ । हालसम्म आधिकारीक रुपमा २७ करोड रुपैँयाको भने प्रमाण सहित बिमलीबाट ठगिएको भनेर पीडितहरु सम्पर्कमा आएको संयोजक पोखरेलले बताए।

यता कनकाई नगरपालिका ३ का वडाध्यक्ष युजराज चम्लागाईले  बिमली दसै लगत्तै सम्पर्क बाहिर रहेकोले उनको खोजविनका लागि कानुनी उपचार खोजी गर्न थालिएको बताए। यस अघि झापा गौरादहमा समेत अर्का एक सुनचादी व्यावसायी सर्वसाधरणको करोडौ रुपैँया ठगि गरेर फरार भएका थिए हाल उनीहरु दम्पत्तीनै झापा जिल्ला कारागारमा रहेका छन ।
ठगिमा परिनेहरुमा अधिकांसको कानुनी आधार समेत कमजोर भएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार