मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

कन्काई नदीमा तीन वर्षमा २५ जनाले ज्यान गुमाए

देश प्रदेश डेस्क 5095+ समाचार ( )
६ अशोज २०८१, आइतबार

झापा  कन्काई नदीमा डुबेर मृत्यु हुनेहरुको तथ्यांक डरलाग्दो छ । तीन वर्षको अवधिमा कन्काईमा डुबेर २५ जनाले ज्यान गुमाएका छन् । यो चालु आर्थिक वर्षमा झन् क्षति बढेको छ । साउनदेखि असोज ५ सम्म कन्काईमा डुबेर ५ जनाको मृत्यु भइसकेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार आर्थिक वर्ष २०७८/ ०७९ मा ६ पुरुष र ३ महिला गरी ९ जना , ०७९/०८० मा ५ पुरुष ,१ महिला , १ बालक र १ बालिका गरी ९ जना र ०८०/०८१ मा २ पुरुष , १ महिला , ३ बालक र १ बालिका गरी ७ जनाको मृत्यु भएको हो । यसै आर्थिक वर्षमा २ बालक, २ महिला र १ पुरुष गरी ५ जनाको मृत्यु भएको हो । करिव दुई साताअघि कन्काईको दोमुखामा बेपत्ता भएका किशोर नभेटिरहेका बेला कन्काई नदीमै डुबेर अर्का एक व्यक्तिको ज्यान गएको छ ।

कन्काईमा लगातार डुबेर ज्यान जानेक्रम बढ्दो छ । यसक्रममा शनिवार थप एकजनाको मृत्यु भएको हो । शिवसताक्षी नगरपालिका १० स्थित टेक्रामा पानीमा डुबिरहेको अवस्थामा दिउँसो एउटा बेवारिसे शव फेला परेको हो । उतानो परेको , अनुहार पानीमा डुबेको करिव ४० वर्षको जस्तो देखिने पुरुषको शव माछा मार्नेहरुले देखेपछि प्रहरीलाई खबर गरेका गरेका थिए । घटनास्थलमा प्रहरी टोली पुगेर सर्जमिन मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमको लागि पठाइएको र अहिलेसम्म मृतकको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापा मगरले बताए ।

गत भदौ २४ गते शिवसताक्षी १० स्थित दोमुखामा रहेको कन्काईमा भद्रपुर नगरपालिका-५ बस्ने १७ वर्षीय फिरोज खान र बिर्तामोड नगरपालिका- २ बस्ने १८ वर्षीय उज्वल राई नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । सोही साँझ फिरोजको शव भेटिएको थियो भने उज्वलको शव अझै भेटिएको छैन । ती किशोरको अझै खोजी भइरहेको प्रहरी निरीक्षक मगरले बताए ।

कनकाईमा मृत्यु हुनेहरुको तथ्यांकलाई हेर्दा वर्षेनि बढ्दै गएको देखिन्छ । गर्मीयाममा पौडी खेल्न जाँदा धेरै बालबालिकाहरुले ज्यान गुमाएका छन् । त्यस्तै ७० वर्षका माथिका व्यक्तिहरु मादक पदार्थ सेवन गरेर नहरमा चिप्लेर लड्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । त्यसैगरी नदीमै नुहाउन , लुगा धुन , गाईवस्तुलाई पानी खुवाउन जाँदा अप्रिय घटना हुने गरेको प्रहरी निरीक्षक मगरले बताए ।
कन्काई नदीमा हुने गरेको बढ्दो मानवीय क्षति रोक्न प्रहरीले सचेतना कार्यक्रम संचालन गरेको थियो । तर क्षति न्यूनीकरण हुनुको साटो अझ बढ्दै गएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार