मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

झापाका ७६ प्रतिशतले गराए स्वास्थ्य बिमा

देश प्रदेश डेस्क 5416+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

झापा झापाका ७६ प्रतिशतले  स्वास्थ्य बिमा गराएकाे पाइएकाे छ  ।

जिल्लाका १५ वटै पालिकामा स्वास्थ्य बिमा लागू भएपछि याे तथ्याङ्क पुगेकाे हाे ।

झापा गाउँपालिकासंग भदौ १ गते स्वास्थ्य बिमा लागू गर्ने संझौता भएपछि यस्ताे तथ्याङ्क देखा परेकाे हाे । यसअघि जिल्लाका १४ वटा पालिकामा स्वास्थ्य बिमा लागू भएर झापा गाउँपालिकामा बिमा कार्यक्रम संचालन भएको थिएन । झापा गाउँपालिकाले संझौता गरेसंगै जिल्लाभरि नै स्वास्थ्य बिमा लागू भएको बिमा बोर्ड झापा शाखाकी प्रमुख लक्ष्मी कँडेलले बताइन् ।

२०७४ सालमा पहिलो पटक भद्रपुर नगरपालिकाकले स्वास्थ्य बिमा लागू गरेको थियो । त्यसपछि अन्य पालिकाहरुले बिमा कार्यक्रम संचालन गरेका थिए । झापाका ७६ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गरेको कार्यालय प्रमुख कँडेलले बताइन् । ७ लाख ५६ हजार २४ जनाले शुल्क तिरेर स्वास्थ्य बिमा गरेका छन् भने ५० हजार ४७६ जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ ।

२०७८ को जनगणना अनुसार झापाको जनसंख्या ९ लाख ९८ हजार ५४ रहेको छ । स्वास्थ्य बिमा गराउनका लागि जिल्लाका १३१ वटा वडामा १७८ जना दर्ता सहयोगी रहेकाे कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार