मुख्य समाचार
बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका |

हरिओम स्माइल्सकी संस्थापक मोनिका सिंघलद्धारा भद्रपुरमा प्रवचन

देश प्रदेश डेस्क 5496+ समाचार ( )
२ पौष २०८१, मङ्गलबार

  झापा । हरेक मानिसको मुहारमा हासो र खुसी ल्याउनका लागि जिवन जिउने एक दिने आध्यात्मिक सम्मिलन सत्संग भद्रपुरमा सञ्चालन गरिएको छ । भद्रपुर मारवाडी संघ,महिला मञ्च र युवा मञ्चले संयुक्त रुपमा मंगलबार अपरान्ह् भद्रपुरको सिटी गार्डेनमा आयोजना गरिएको कार्यक्रममा भारत हुदै पहिलो पटक नेपाल यात्रामा निस्किएकी भारत चन्दीगडकी हरिओम स्माइल्सकी संस्थापक मोनिका सिंघलले प्रवचन दिएकी थिइन् ।
उनले कोही पनि मानिस तनबाट र मनबाट अपांग छैन,खुशी आफैभित्र छ  र आफ्ना समस्याहरुलाई मुस्कान –ध्यानको अवधारणामा आधारित रहेर आफैले समाधान गर्न सकिने उपचार शक्तिबाट भारतका अनेकौँ शहरहरुमा अपार अध्यात्मिक ज्ञान मार्फत डेढ लाख भन्दा बढी मानिसहरुको समस्या निराकरण गरिसकिएको बताइन् ।
 हरिओम स्माइल्सको आध्यात्मिक ध्यानको माध्यमबाट जस्तोसुकै रोग पनि निको हुने प्रमाण सहितको भिडियो मार्फत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल,उपप्रमुख राधा कार्की,सहायक प्रमुख जिल्ला अधिकारीद्धय विश्वराज नेपाल,शुरेश आचार्य,उद्योगी ,व्यवसायी लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण अर्चना मित्तलले गरेकी थिइन् ।
प्रवचनकै क्रममा बुधबार विहान ९ बजे भद्रपुर स्थित शुरेश अग्रवालको घर नजिकै रहेको रानी सति मन्दिरमा हवन, अपरान्ह् ३ देखी ५ बजेसम्म विर्तामोडको अग्रसेन भवनमा र विहिबार काठमाडौँमा प्रवचन हुने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै