मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

दमक ग्याङफाइट
लिम्बू हत्या प्रकरणका मुख्य आरोपीसहित ११ जना पक्राउ

देश प्रदेश डेस्क 5449+ समाचार ( )
१५ अशोज २०८०, सोमबार

झापा तीन दिनअघि दमकमा भएको एक हत्या प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जनालाई पक्राउ गरी झापा प्रहरीले सार्वजनिक गरेको छ ।

दमक १ स्थित रुवेल माछा फ्राईमा साथीहरुबीच झगडा हुँदा छुरा प्रहारबाट मृत्यु भएका इलाम चुलाचुली गाउँपालिका ३ का ३८ बर्षिय गोविन्द लिम्बूको हत्यामा संलग्न मुख्य आरोपी दमक ७ का २२ बर्षिय सनम राईसहित ११ जनालाई जिल्ला प्रहरी कार्यालय आज झापाले सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय दमकमा सोमबार अपरान्ह पत्रकार सम्मेलन गरि मुख्य आरोपी राईसहित दमक १ का २२ बर्षिय आनन्द भुजेल, दमक ७ कै १८ बर्षिय सवास आलम, दमक १ कुमाल चौंकको रुवेल माछा फ्राईका सञ्चालक विशाल कुमाल, दमक १ का २५ बर्षिय नामुद थेवे, २२ बर्षिय राजकुमार भुजेल, २६ बर्षिय आकाश केरुङ, दमक ७ का २३ बर्षिय राहुल श्रेष्ठ,२८ बर्षिय सलमान लिम्बू, इलाम चुलाचुली ४ का ३१ बर्षिय सन्दिप राई, सोहि पालिका ३ का ३८ बर्षिय सूर्य केरुङ, ३८ बर्षिय उपेन्द्र राईलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए । उनले घटनाकै दिन होटल सञ्चालक कुमालसहित ८ जना र आज मुख्य आरोपी सनम राईसहित तीन जनालाई मोरङको उर्लावारी १ टप्पु टोलबाट नियन्त्रणमा लिईएको जानकारी दिए ।

उनका अनुसार तीन दिनअघि दमक १ स्थित कुमाल चौंकको रुवेल माछा फ्राईमा मदिरा सेवन गरेपछि आपसी झगडा हुँदा मुख्य आरोपी राईले लिम्बूको घाँटी तथा हातमा छुरा प्रहार गरी हत्या गरेका थिए । हत्यालगत्तै उनी फरार भएका थिए । उनले नै लिम्बूमाथि छुरा प्रहार गरेको अनुसन्धानका क्रममा खुलेको डीएसपी रिजालले बताए ।

फरार आरोपीलाई पक्राउ गर्न कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रुद्र खड्का, इप्रका दमकका प्रहरी निरीक्षक डम्बर विश्वकर्मा, झापा प्रहरीले संयुक्त टोली परिचालन भएको थियो । मुख्य आरोपी राईले हत्यामा संलग्न छुरा विराटनगर महानगरपालिका ९ स्थित सन्सारी मन्दिर छेउ झाडीमा फ्यालेका थिए । सो छुरा फेला पारी बरामद गरिएको र घटनाका बारेमा थप अनुसन्धान भईरहेको इप्रका दमकका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार