मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

२६ वर्षपछि आवाससहितको काँकडभिट्टा ट्राफिक कार्यालय भवन शिलान्यास

देश प्रदेश डेस्क 5490+ समाचार ( )
७ भाद्र २०८०, बिहीबार

झापा । ट्राफिक प्रहरी पोस्ट काँकडभिट्टाको आवाससहितको कार्यालय भवन शिलान्यास गरिएको छ । भवन निर्माण समितिका अध्यक्ष तथा मेची सामुदायिक सेवा केन्द्र काँकडभिट्टाका अध्यक्ष मुक्ति पौडेलले शिलान्यास गरे । मेची सामुदायिक सेवा केन्द्र काँकडभिट्टाको संयोजनमा निर्माण हुन लागेको उक्त कार्यालय भवन अर्थ मन्त्रालयको स्वमित्वमा रहेको मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टाको पुरानो भन्सारमा करिब २ कठ्ठा क्षेत्रफलमा कुल १५ लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको हो ।ट्राफिक प्रहरी पोस्ट काँकडभिट्टाका प्रहरी नायव निरीक्षक लीलाकुमार श्रेष्ठले भवन निर्माणसँगै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपुर्ण सहयोग पुग्ने धारणा राखेका थिए । केही दिनअघि सर्वदलीय उपस्थितिबाट कार्यालय भवन निमार्ण गर्ने सहमति भएको थियो ।

कार्यक्रममा भवन निर्माण समितिका सल्लाहकार तथा प्राज्ञ शुभद्रा भट्टराई अर्याल, आर्थिक संयोजक सुवास गुरुङ, उपाध्यक्ष खडानन्द भण्डारी, सदस्य सचिव लीलाकुमार श्रेष्ठ, सदस्य विष्णुकुमार श्रेष्ठ, केशव गिरी, मिरा कार्की, सुरेश श्रेष्ठ (गोपाल), मोहन रिजाल, दिनेश पोखरेल, प्रवीण थापा, सञ्जय तामाङ, होम विष्ट, प्रहरी सहायक हवल्दार प्रकाश अधिकारी, स्थानीयबासी भूमिलाल भेटवाल र शम्भु राजवंशीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार