मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

जेठ २५ सम्म बस्ने गरी पूर्व राजा ज्ञानेन्द्र शाह झापा आइपुगे

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१२ जेठ २०८२, आइतबार

झापा । पूर्व राजा ज्ञानेन्द्र शाह आज साँझ झापा आइपुगेका छन् । राजावादीहरुले यही जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने तयारी गरिरहेका बेला पूर्व राजा ज्ञानेन्द्र शाह ,भतिजी सिताष्मा शाह, छोरी प्रेरणा शाहसहित झापा आइपुगेका हुन् ।

साँझ ५.३० बजे चन्द्रगढी बिमानस्थलमा अवतरण गरी उनी बा २१ च ७३१८ नं को गाडीबाट दमक प्रस्थान गरेका छन् । पूर्व राजा शाहको स्वागतको लागि केही समर्थकहरु विमानस्थल पुगेका थिए । स्वागतका लागि धेरैजनालाई खबर नगरिएको बताइएको छ । स्वागतका लागि आफूलाई नबोलाएको राजसंस्था पुनर्स्थापना समितिका संयोजक टेकनारायण राजवंशीले बताए ।

उनी दुई हप्ते बसाइँका लागि झापा आएका हुन् । दमक ९ स्थित हिमालयन महालक्ष्मी टि इस्टेटको मिनी दरबारमा बस्ने भएका छन् । उनी जेठ २५ गतेसम्म झापामा रहने बुझिएको छ ।

पूर्व राजा शाहले दमकमा बसेर राजनीतिक भेटघाट गर्दै आएका छन् । राप्रपालगायतका राजावादी शक्तिहरुले जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको तयारी गरिरहेका बेला पूर्व राजा झापा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार