मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |

बमजस्तो देखिने शंकास्पद वस्तु विराटनगरमा फेला, दुईजना पक्राउ

देश प्रदेश डेस्क 5336+ समाचार ( )
१ फाल्गुन २०८०, मङ्गलबार
झापा विराटनगरमा शङ्कास्पद वस्तु फेला परेको छ। विराटनगर महानगरपालिका–३ मा प्रेसर कुकरमा टेपले बाँधेर राखेको अवस्थामा बमजस्तो देखिने वस्तु फेला परेको हो। 

आँपको रुख र एउटा घरको बीचमा हिजो साँझ उक्त वस्तु फेला परेको थियो। घटनास्थललाई प्रहरीले रातभर सुरक्षा दिएको थियो। घटनास्थल वरपर मानिस आवतजावतमा रोक लगाइएको छ। 

शङ्कास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै छ। सेनाको टोलीसँग समन्वय गरेर डिस्पोजको तयारी गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी छेदीलाल कामतीले जानकारी दिए। सेनाले डिस्पोज गरिसकेपछि उक्त वस्तु बम हो कि हैन भनेर यकिन हुने उनले बताए। 

निजी विद्यालय तथा विभिन्न क्षेत्रमा चन्दा आतंक मच्चाउने समूहले शङ्कास्पद वस्तु राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार