मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

झापामा हाेलीमा अबाञ्छित कार्य गरे कार्वाही गरिने, हजारभन्दा बढी प्रहरी परिचालन

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१ चैत्र २०८१, शुक्रबार

झापा । झापामा हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । होली पर्वमा अबाञ्छित गतिविधि हुन नदिन यस्ताे रणनीति अपनाएकाे हाे ।

जवर्जस्ती रंग दल्नेलाई कानुन बमोजिम कार्वाही गर्न केन्द्रबाट निर्देशन आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र बहादुर खड्काले बताए । होलीमा अवाञ्छित गतिविधितर्फ सजग गराउँदै प्रहरीले हिजो माइकिङ गरेको थियो । शहरी क्षेत्रमा हुने सामूहिक होली र कन्सर्टहरुमा विशेष सुरक्षा व्यवस्था मिलाइएको डीएसपी खड्काले जानकारी दिए ।

त्यस्तै जिल्लाभरि ७५ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ । मोटरसाइकलमा तीनजना सवार हुने , मादक पदार्थ सेवन गर्ने , बिना हेल्मेट सवारी चलाउने , बाटोमा अबाञ्छित गतिविधि गर्नेलाई कार्वाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश पौडेलले बताए । उनले ठाउँठाउँमा चेकिङको व्यवस्था गरिएको जानकारी दिए ।

झापा प्रहरीले होली मनाउने क्रममा कोही कसैको इच्छाविपरित कसैलाई बाधा पुग्ने गरी रंग नलगाउन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले १३ बुँदे एक अपिल जारी गर्दै इच्छाबिपरीत रंग दल्ने र फोहोर पानीको लोला हान्ने काम गरे कानुनी कार्वाही गर्ने चेतावनीसमेत दिएको छ ।

प्रहरीले महिला तथा अपरिचित ब्यक्तिहरुसंग मन्जुरीबिना जबरजस्ती होली नखेल्न ,बालबालिकाहरुलाई होली खेल्ने ,खेलाउने र लोला हान्ने कार्यमा प्रयोग नगर्न ,घरको छतबाट लोला हान्ने, रंग छ्याप्ने, फोहोर पानी फाल्ने लगायतका कार्य नगर्न , छतमा होली खेल्दा घरको छतबाट लडी घाइते एवं मृत्यु समेत हुन सक्ने भएकाले ख्याल गर्न ,होली मनाउँदै जथाभावी लोला हान्दा यसले आपसी झै–झगडा बढाउने र अप्रिय घटनाहरु समेत निम्त्याउन सक्ने तथा लोला लागेर मान्छेहरु घाइते समेत हुन सक्ने हुँदा सभ्य तरिकाले होली मनाउन , इच्छा नभएका र अलग उद्धेश्य लिएर काममा हिडेका ब्यक्तिहरुलाई जथाभावी रंग दल्ने,फोहोर पानीको लोला हान्ने काम नगर्न ,होली पर्व मनाउने बहानामा मदिरा तथा नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन ,होली खेल्ने बहानामा जथाभाबी भिडभाड नगर्न ,अनुशासित मर्यादित तथा व्यवस्थित तवरले होली पर्व मनाउन , होली खेल्ने बहानामा चोरी,लुटपाटजस्ता कार्यहरु समेत हुन सक्ने भएको हुँदा आफूले बोकेको पर्स,मोबाइल,आफूले लगाएको गरगहना सुरक्षित राख्न आग्रह गरेको छ ।

साथै प्रहरी कार्यालयले गाउँघर, छरछिमेकमा कुनै पनि किसिमका घटना घटेमा जानकारी गराउन अनुरोध गरेको छ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार