मुख्य समाचार
इलामेली फर्निचर उद्योगबाट अबैध साल जातको चिरान काठ बरामद | जापानमा भद्रपुरकी लक्ष्मी राजवंशी मृत फेला | सीमा विवाद समाधानतर्फ नेपाल–भारतको नयाँ पहल, कार्यदल बैठकमा के हुँदैछ ? | भद्रपुरलाई उपमहानगरपालिका बनाउन सिफारिस गर्ने निर्णय | रतुवामा जस्तै निन्दा , बिरिङ र कन्काईमा पनि आर्क पुल बन्दै | अदालतको आदेश, हकदावीमा कोही आएनन्, अनुसन्धानमा थपिँदै नयाँ प्रश्न | सार्वजनिक यातायातमा सुनको सिक्री चोरी आरोपमा दमकका विकाससहित दुई जना पक्राउ | रोल्पा पहिरो : पछिल्लो ५ दिनमा १७ जनाको मृत्यु, १ अझै बेपत्ता | झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु, आक्रोशित स्थानीयद्वारा तोडफोड | भद्रपुरमा मारवाडी महिलाले मनाए तीज |

इलामेली फर्निचर उद्योगबाट अबैध साल जातको चिरान काठ बरामद

देश प्रदेश डेस्क 5385+ समाचार ( )
४ भाद्र २०८३, बिहीबार

झापा इलामको चुलाचुली गाउँपालिका—६ मा रहेको इलामेली फर्निचर उद्योगबाट अन्दाजी ६ लाख रूपैयाँ मूल्य बराबरका २०० क्यू फिट अबैध साल जातको चिरान काठ (फेन्टा) बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३८ रिजर्भ गण हेडक्वार्टर झापा र इलाम तथा मोरङका विभिन्न वन कार्यालयको संयुक्त टोलीले  बरामद गरेकाे हाे ।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३८ रिजर्भ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिनेश बस्नेतका अनुसार विशेष सूचनाका आधारमा गणका सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर पौडेलको कमाण्डमा दशजना, सब डिभिजन वन कार्यालय बाह्रकोठे इलामका सहायक पाँचौं तहका कर्मचारी धनीराम सिंहको नेतृत्वमा आठजना , सब डिभिजन वन कार्यालय सुखानी इलामका जम्दार मदनप्रसाद न्यौपानेको कमाण्डमा पाँचजना, सब डिभिजन वन कार्यालय मधुमल्ला मोरङका सहायक छैठौँ तहका कर्मचारी रमेश मगरको कमाण्डमा चारजना र प्रहरी चौकी पेल्टीमारी इलामका प्रहरी निरीक्षक कलित यादवको नेतृत्वमा चार गरि कुल ३१ जनाको टोलीले उक्त परिमाणको काठ बरामद गरेको हो ।

सोमबहादुर विश्वकर्माले सञ्चालन गरेको उक्त फर्निचरमा हिजो दिउँसो १ बजे टोली पुगेको थियो । टोलीले खानतलासी गर्दा अबैध साल जातका चिरान काठ फेला परेको हो । बरामद काठ थप अनुसन्धान र आवश्यक कारवाहीका लागि सब डिभिजन वन कार्यालय बाह्रकोठे इलाममा बुझाइएकाे बस्नेतले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार