मुख्य समाचार
झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ | बिर्तामाेडबाट ५ किलाे गाजासहित दुइजना पक्राउ | ‘लु’ को जोखिमबाट जोगिन पूर्वतयारी आवश्यक | भ्रष्टाचारको कालो छायाँमा सांसद कुशवाहा: ४ वर्ष कैद र ३८ लाखभन्दा बढी जरिवाना | मे महिनामा पर्यटककाे उच्च आगमन |
मुख्य समाचार
झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ | बिर्तामाेडबाट ५ किलाे गाजासहित दुइजना पक्राउ | ‘लु’ को जोखिमबाट जोगिन पूर्वतयारी आवश्यक | भ्रष्टाचारको कालो छायाँमा सांसद कुशवाहा: ४ वर्ष कैद र ३८ लाखभन्दा बढी जरिवाना | मे महिनामा पर्यटककाे उच्च आगमन |


ताप्लेजुङमा राष्ट्रिय स्वतन्त्र पार्टीको भव्य खुला सभा सम्पन्न

देश प्रदेश डेस्क 5162+ समाचार ( )
२३ भाद्र २०८०, शनिबार

झापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको सुदुर पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा भव्य खुला सभा सम्पन्न भएको छ ।

रास्वपाको अभियान अन्तर्गत ताप्लेजुङमा आयोजित खुला सभा भाद्र २० गते बिहान १०:०० बजे पार्टीका सभापति रबि लामिछाने र अन्य माननीय र केन्द्रिय सदस्यहरूले सम्बोधन गर्ने भनिएतापनि राष्ट्रिय क्रीकेट खेलाडीहरुलाई हौसला बढाउने हेतु श्रीलंका पुगेका लामिछानेको नेपाल फर्किने उडान रद्द हुन गएकोले निर्धारित सभालाई पार्टी उपसभापति डोल प्रसाद अर्याल, सहमहामन्त्री तथा सङ्गठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटी, केन्द्रिय सदस्य रमेश प्रसाईं, सांसद तोसिमा कार्की, प्रदेश कोषाध्यक्ष चन्द्र कुमार राई र प्रदेश सदस्य ई. वीरेन्द्र श्रेष्ठले सम्बोधन गरेका थिए ।

बिहान १०:०० बजे फुङलिङ बजारको पराजुली चोकबाट झाकी, केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी, आम शुभेच्छुकहरु सयौको भेलाले बजार परिक्रमा गर्दै तोक्मे डाँडास्थित सभा गर्ने स्थानमा पुगी आफ्नो निर्धारित कार्यक्रमहरु तोकिएको समयसिमा अनुसार संचालन गरेको थियो ।

केन्द्रिय सदस्य रमेश प्रसाईले जनता पुराना दलहरुबाट आजित भइसकेका, बोली र कर्ममा एकरुपता ल्याउन नसकेका, आफ्नो फाइदाको लागि जेपनि बोल्ने, जनता उचालेर केही नगर्ने पुरातन सोचबाट मुक्ति पाउन जनताले गाउँगाउँमा घण्टी बजाउन थालिसकेको, पहिचान, संस्कृति, मौलिकता र समावेशीता नारामै सिमित गरेका, भ्रष्टाचारको चरम हद पार गरी मुलुकलाई भडखौलामा हाल्न हरेक प्रयत्न गरिरहेकाले अब भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न र मुलुकलाई विकास र समृद्धिउन्मुख लैजान रास्वपा अन्तिम विकल्प रहेको साक्षी हजारौंको उपस्थितिले प्रमाणित गरेको बताए ।

अर्का बक्ता पार्टी उपसभापति डोल प्रसाद अर्यालले आफ्नो पार्टीले छोटो समय नेपाल सरकारको क्याबिनेटमा रहँदा मननयोग्य काम गरेको र प्रतिपक्षमा रहदा निरन्तर रचनात्मक प्रतिपक्षीको भूमिकामा काम गर्दै नेपालको सदनलाई इतिहासकै रचनात्मक सदन बनाउँदै लगेको जिकिर गरेका छन् । रास्वपाले आयोजना गरेको जनसभामा शुभेच्छुकहरुलाई नजान केही समूह लागी परेको समेत बताए ।

कार्यक्रम समापन सगै लाखेजात्राको अवसरमा खेलाईएको ताप्लेजुङ् गोल्डकप फुटबल प्रतियोगिता अवलोकन गर्न खेल स्थल तर्फ गयेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङले आफ्नो माननीय तथा केन्द्र र प्रदेशका पदाधिकारीहरुलाई प्यारापिटमा राख्न ५० थान टिकट खरिद गरी प्यारापिटमा स्थान सुरक्षित गरेका थिए । पार्टीका पदाधिकारी खेलस्थल पुग्नासाथ सांसदहरुलाई बाँसकाे प्यारापिटमा दर्शकसंगै राखेर खेल अवलोकन गराएका थिए ।

आयोजक संस्थाका अध्यक्ष देवराज गुरुङले शिष्टतापूर्वक सांसदहरु डिपि अर्याल, डा. तोसिमा कार्कीलाई मञ्चको लागि निम्तो दिँदा आम दर्शकले त्यही बसेर फुटबल अवलोकन गर्न र मञ्च नजान आग्रह गरेको रोमाञ्चक दृश्य देखिएको थियो । तथापि मञ्चसम्म पुगेर तत्काल फर्किइ सोही स्थानमै बसी फुटबल हेर्ने बताएर आयोजकसँग मञ्च पुगेका सांसदहरु र प्रदेश कमिटी सदस्य ई. वीरेन्द्र श्रेष्ठ आफू बसेको प्यारापिटबाट मञ्चतर्फ जाँदा तमाम दर्शकले हुटिङ गरी स्वागत गरेका थिए । मञ्चमा छोटो समय उपस्थिति जनाई पुनः बाँँसकै प्यारापिटमा आई केही समय फुटबल हेरेर आफ्नो बाँकी काममा फर्किएका थिए ।

जिल्लाको कुना काप्चाबाट राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रम र सभापति रबि लामिछानेलाई भेट्न र सुन्न आएका तमाम जिल्लावासीको गुनासो र भदौ १९, २०,२१ गते सम्मको कार्यक्रम रहेकोले श्रीलंकाबाट काठमाडौं र काठमाडौंबाट बिराटनगर हुँदै ताप्लेजुङ भदौ २१ गते बिहान १:३० बजे आईपुगी होटेल प्यारिसमा एक रात बिताएका थिए । बिहान १:३० बजे आईपुगेका रबि लामिछानेको सम्बोधन त्यहिदिन भदौ २१ गते दिउसो ११:०० बजे आयोजकले निर्धारण गरेका थिए ।

रास्वपा सभापति लामिछानेलाई हेर्न र सुन्न दोस्रो दिन पनि दोहोर्‍याए पाँच हजार अधिक शुभेच्छुकहरुको उपस्थिति देखिएको रास्वपा ताप्लेजुङले बताएको छ । सभापति लामिछानेले सम्बोधनका क्रममा पंचायत निरङ्कुश थियो,पंचायतलाई फालेर मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुगेको बताए ।

उनले सत्तासीनहरुको लोलुप्त्ताको कारण र कार्यकर्ता भर्ती केन्द्र बनाएर प्रतिनिधिसभा र बिशेषत: प्रदेश सभाको अधिक सदस्यको कारण मुलुकले ठूलो धनराशी खर्चिनु परेको बताए । उनले रास्वपा संविधानमा उल्लेख भएका कुनै पनि व्यवस्था (संघ र प्रदेश) को खिलाफमा नभएको भन्दै किफायती र उपादेयतामुलक हुनै पर्ने बताए ।

उनले आजको दिनमा हरेकको घरमा बैदेशिक रोजगारी र शिक्षाको कारण बिदेश पलायन हुनेको ठुलो भिड दैनिक अन्तर्राष्ट्रिय विमानस्थलमा रहने र मेरो बाबुको पार्टी भनेर यस्तै परिपाटी अङ्गाल्दै जाने हो भने ? अब तपाईको नाति /नातिनी हैन पनाति पनातिनीको समेत नियती यस्तै रहने र मुलुकको आर्थिक अवस्था झनै धरासायी बन्दै जाने भन्दै अबको बिकल्प राष्ट्रिय स्वतन्त्र पार्टी रहेको जिकिर गरे ।

उनले गाउँ-गाउँबाट जागेर असल, इमान्दार र जान्नेलाई चिन्ने अनि आफैले छानेर आफ्नो जनप्रतिनिधि बनाएर आफ्नो गाउँ आफू बनाउनुस् भन्दै आम ताप्लेजुङबासीलाई आग्रह समेत गरे । उनले कथमकदाचित ती तपाईंका प्रतिनिधिले गलत काम गरेको खण्डमा तत्काल छानविन गरी कारवाही गर्ने पद्धति भएको केवल रास्वपा मात्र रहेको समेत उद्घोष गरे । उनले ताप्लेजुङले रोजेको जनप्रतिनिधि नै अहिलेसम्म नपाएर विकास हुन नसकेको समेत बताए ।

उनले पाथीभरा, माता मुकुम्लुङको काखमा बसेर वाचा गर्दै रास्वपामा गरेको लगानीबाट व्यक्तिगत फाइदा लिने ब्यक्ति र समूह आफूलाई आवश्यक नपर्ने र आफ्नो पनि व्यक्तिगत र पारिवारिक कुनै फाइदा नराखेको र नसोचेको जिकिर गरे । उनले योजना र मन शुद्ध नभएका व्यक्तिहरुबाट यो मुलुकको विकास र समृद्धिको आस गर्नु गलत हुने र त्यो विगत निकै दशकको नेपाली राजनीतिले प्रष्ट पारिसकेको र अब कहिकतै नभुलिन आग्रह गरे ।

उनले सार्वभौम नेपाली नागरिकलाई वेच्ने व्यक्तिको दलिय हैसियतसम्म निलम्बन गर्न नसक्ने दललाई जनताले पुजा गर्नु बाध्य पारिरहेकालाई कहिलेसम्म झेल्नु हुन्छ ? भन्दै ताप्लेजुङलाई जाग्न आव्हान गरे ।

उनले कार्यक्रम लगत्तै जिल्ला सदरमुकाममा रहेको नमुना माध्यमिक विद्यालय भानु जन मा.बि.को प्राविधिक भवन, विद्यालय निरीक्षण र व्यबस्थापनसँग छोटो भलाकुसारी समेत गरेका थिए । सोलगत्तै उद्योगी, व्यवसायी, कृषकहरुसँग छलफल गरे पाथीभरा/मुकुम्लुङको दर्शन हेतु माथिल्लो फेदीमा बास बस्न पुगेका लामिछानेले स्थानीयसँग छलफल गरेका थिए ।

अधिकांसले सुकेटार-काफ्लेपाटी सडकको कालोपत्रे सम्बन्धमा गुनासो गरे भने केहीले केवलकारको कारण आफ्नो रोजीरोटी गुम्ने र सो आयोजनाको कारण माथिल्लो फेदीका तमाम उद्योगीहरुले विस्तापित हुनुपर्दा कस्तो मुआव्जा पाउन सकिन्छ ? भनी सोधेका थिए र केहिले केवलकार बन्न नहुने सुझाएका थिए ।

भाद्र २२ गते बिहान ५ बजे नै मन्दिरमा पुगेका लामिछानेले माता पाथीभरा, माता मुकुम्लुङको बिधिवत पुजा र महागुरु फाल्गुनन्दको मुर्तिको दर्शन गर्दै देश विदेशमा रहेका आम नेपाली र आस्थावान तमाम मानिसलाई पाथीभरा दर्शनको याचना गरेका छन् । सभापति लामिछानेसंगै पार्टीका प्रभावशाली नेता रमेश प्रसाईं र अन्य ४० जनाले एकैसाथ दर्शन गरेका थिए ।

जेष्ठ ७, २०८० मा हातको औंलामा गन्न सकिने सदस्य संख्याले कार्यालय स्थापना गरेको तीन महिनामै यति ठूलो शुभेच्छुकहरुको उपस्थिति हुनुले रास्वपाप्रति जनताको विश्वास र भरोसा शहर बजारमा मात्र नभएर गाउँगाउँमा समेत प्रगाढ बनिसकेको साथै सदाचारी समाज निर्माण गर्न रास्वपा बाहेक पुराना दलको ल्याकत नै नपुग्ने बताउछन् प्रदेश कमिटी सदस्य ई. वीरेन्द्र श्रेष्ठ ।

श्रेष्ठले जिल्लामा विकास, स्वनिर्भर र प्राकृतिक स्रोतसाधनको अधिकतम सदुपयोग गरी जिल्लालाई कसरी समृद्धि उन्मुख गराउने भन्ने विषयमा गम्भीर छलफल हुन र माष्टर प्लान तैयार गरी १५ बर्ष जिल्लाको विकास र समृद्धिमा जुट्न सबैलाई आव्हान गरे । सिमारहित, भुगोलरहित सुचना प्रविधिको विकासमा अधिकतम जोड दिई जिल्लाका युवाहरुलाई आत्मनिर्भर मात्र नभएर विश्वस्तरीय रोजगारीको सिर्जना नेपालमा र अझ पूर्वी कुना ताप्लेजुङमै गर्न सकिने र यसमा सबैजनाले जोड दिनुपर्ने बताए ।

श्रेष्ठ बहानन्दे – दोभान सडक, सुकेटार – काफ्लेपाटी सडक लगायत अनेकन सडकहरुमा निर्माण कम्पनी गलत परेर काम हुन नसकी जनताले अत्यन्तै दु:ख मात्र नभएर सडकमा जोखिम, जनतालाई यात्राको लागत र समयको भार अधिक परिरहेको बताए । राजमार्गबाट जिल्लाको सबैभन्दा नजिकको पालिका पाथीभरा याङवरकको सदरमुकाम जोड्ने सडक सम्म कालोपत्रे हुन नसक्नु आफैमा बिडम्वना भएको बताए ।

उनले विकास निर्माणका योजनाहरुको माष्टर प्लान तयार गरी जुनसुकै सरकार भएपनि त्यहाँका योजनाहरुलाई आफ्नो गतिमा चल्न दिनुपर्ने बताए ।  ईन्जिनियरिङ बेगर गरिएका कामहरु अवैधानिक ठहर्‍याउनै पर्ने नीति नल्याई ठूलाको आशिर्वादले हुने मनखुसी विकासले राज्यको ढुकुटी मात्र रित्तो हुने तर विकास नहुने बताउछ्न ई. वीरेन्द्र ।

सांसद डा. तोसिमा कार्कीले आफ्नो ओझपूर्ण मन्तव्य समापन गरी जिल्ला अस्पतालको अवलोकन भ्रमण गरेकी थिइन भने कार्यक्रमलाई प्रदेश कोषाध्यक्ष चन्द्र राई, प्रदेश सभापति राजेश तिमल्सिना, केन्द्रिय सङ्गठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटी समेतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा पार्टीका सांस्कृतिक सम्योजक देउमान पालुङ्वाको नेतृत्वमा आधा दर्जन नृत्य, के-लाङ प्रदर्शन गरेका थिए भने पहिलो दिनमा जिल्ला संयोजक दावा शेर्पाले चोटिलो व्यक्तव्यसहित स्वागत मन्तव्य राखेका थिए भने दोस्रो दिन नगर संयोजक राजन गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको दोस्रो दिन क्षेत्रीय निर्वाचन समिति सदस्य सचिव दुर्गा न्यौपानेले जिल्लाको विषयबस्तु उठान गरेका थिए भने दुबै दिनको कार्यक्रम नगर सचिव युवराज बरालले संचालन गरेका थिए ।

विभिन्न उपसमितिहरुको अत्यन्तै चुस्तदुरुस्त कार्य र समन्वयले खुलासभा कार्यक्रम सभ्य, भब्य अनि सफल भएको बताउने मुलसमितिका संयोजक ई. वीरेन्द्र श्रेष्ठ आम जिल्लावासीले रास्वपाप्रति देखाउनु भएको चासो, शुभेच्छा, सद्भाव र सहभागिताप्रति आफू र रास्वपा ताप्लेजुङ उत्साही रहेको र यसले थप उर्जा बढाएको बताउछन् ।

कार्यक्रम सफल पार्न सहभागी भई सहयोग गर्ने आम ताप्लेजुङ्, पाँचथर र तेह्रथुमवासी आमाबुबा दाजुभाइ दिदीबहिनीहरु, फुङलिङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ र सम्बद्ध सुरक्षा निकायहरु, रेडियो कावेली, रेडियो ताप्लेजुङ्, रेडियो तमोर, हेडलाईन टिभी, मालिका खवर, रेडडट मेडिया, सन्तोष पुर्कुटी टिभी, शुभ टिभी, जिल्लाका घण्टी मित्रहरू, मुलुक बाहिरबाट सहयोग गर्ने तमाम मनहरु, होटल प्यारिज ताप्लेजुङ्, सनलाईट साउण्ड सिस्टमका सुर्य आङ्देम्बे, ताप्लेजुङ् साउण्ड सिस्टमका मोहन गुरुङ, विभिन्न सङ्घ संस्थाहरु, ट्याक्सी स्टेण्ड तोक्मेडाडाको जमिन उपलब्ध गराउने श्रद्धेय व्यक्तित्व, प्रत्यक्ष अनि परोक्ष तवरले सहयोग गर्ने तमाम परिवर्तन पक्षधर सुशासन र समृद्धिका हिमायती आम महानुभावहरु र केन्द्र र प्रदेशका पदाधिकारीहरुमा हार्दिक आभार व्यक्त गर्दछन् ई. वीरेन्द्र श्रेष्ठ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार