मुख्य समाचार
छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुबा पक्राउ | हल्दिवारी २ को भुसुडी खोला नियन्त्रणमा हचुवाको भरमा बजेट खर्च | देशकाे आर्थिक भार कम गर्न निर्वाचन आयाेगकाे प्रस्ताव | प्रहरी भनेर धम्क्याउँदै लुटपाटमा संलग्न मेचीनगरका दुई जना पक्राउ | स्थानीय शासन र सुशासनको धज्जी उडाउदै कचनकवल गाउँपालिका | रास्वपा मधेश अधिवेशन: विधिको कुरा गर्ने पार्टीभित्रै कुटाकुट र तालाबन्दीको श्रृंखला, अधिकांश जिल्लामा प्रक्रिया ठप्प | भुटानमा भूकम्प जाँदा पूर्वी नेपालमा पनि धक्का, फिलिपिन्समा शक्तिशाली भूकम्प | किचकबधमा नवौँ पटकको उत्खनन हुँदै, अहिलेसम्म के-के भेटियो ? | किमाथांकामा तीन दिनदेखि टेलिकमको फोरजी सेवा अवरुद्ध | नेपाल–भारत बीच तीन महत्त्वपूर्ण सम्झौता |

बुद्धशान्ति र अर्जुनधारा लिगको फाइनलमा

देश प्रदेश डेस्क 5174+ समाचार ( )
२२ मंगशिर २०८०, शुक्रबार

झापा बबिन बोहोराको ४ गोलको मद्धतमा बुद्धशान्ति गाउँपालिका प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनल खेलमा बुद्धशान्तिले झापा गाउँपालिकामाथि शानदार जित दर्ता गरेको हो । खेलको अधिकांश समय बुद्धशान्तिले झापालाई दबाबमा राखेको थियो ।
झापालाई ५–१ गोल अन्तरले हराउँदा जारी प्रतियोगितामा बुद्धशान्तिका बोहोराको व्यक्तिगत १२ गोल भएको छ । उनले तीन खेलमा चार–चार गोल गरेका थिए ।

खेलको २९ औँ, ४३ औँ, ६४ औँ र ७५ औँ मिनेटमा बबिनले बुद्धशान्तिका लागि गोल गरेका थिए । बुद्धशान्तिले एक गोल उपहारस्वरुप पाएको थियो ।झापाका लागि ४० औँ मिनेटमा अनिश खड्काले सान्त्वना गोल फर्काएका थिए ।

खेलको प्लेयर अफ दि म्याच बुद्धशान्तिका बबिन बोहोरा भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्ले, समाजसेवी गंगाप्रसाद ओलीलगायतले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

त्यस्तै, आजको अन्तिम सेमिफाइनल खेलमा अर्जुनधारा नगरपालिका विजयी भएको छ । अर्जुनधाराले मेचीनगर नगरपालिकालाई ३–१ गोल अन्तरले हराएको हो । खेलको पहिलो हाफमा दुवै पालिकाबीच कडा प्रतिस्पर्धा भएको थियो ।
तर, दोस्रो हाफमा अर्जुनधाराले मेचीनगरलाई दबाबमा राखेको थियो । खेलको सुरुवाती अग्रता मेचीनगरले लिए पनि नतिजा उल्टाउँदै अर्जुनधारा फाइनल प्रवेश गरेको हो ।
खेलको १६ औँ मिनेटमा मेचीनगरका रिक्की श्रेष्ठले गोल गरेका थिए । तर, ३९ औँ मिनेटमा अर्जुनधाराका निखिल तामाङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यस्तै, अर्जुनधाराका लागि खेलको ५२ औँ र ७१ औँ मिनेटमा राजेश दाहालले गोल गर्दै जित निश्चित बनाए ।
खेलको प्लेयर अफ दि म्याच अर्जुनधाराका राजेश दाहाल भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन, समाजसेवी गंगाप्रसाद ओलीलगायतले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

फुटबलको उर्वरभूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको फाइनल खेल बुद्धशान्ति र अर्जुनधाराबीच मंसिर २४ गते दिउँसो २ बजे हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार