मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

काँकडभिट्टाबाट भारत प्रवेश गरेका एक विदेशी फुटबलरसहित दुई जना पक्राउ

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१ फाल्गुन २०८०, मङ्गलबार

झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारत प्रवेश गरेका एक विदेशी फुटबलरसहित दुई जनालाई भारतीय एसएसबीले पक्राउ गरेको छ ।  बिना कागजात अवैध रूपमा भारत प्रवेश गरेको आरोपमा पश्चिम अफ्रिका सेनेगल निवासी अब्दुल्ला आबुबकर र भारतीय युवक विहार राज्यका मुकेश ठाकुरलाई नक्सलबारीको लालीजोत सीमामा तैनाथ एसएसबी टोलीले सोमबार साँझ पक्राउ गरेको हो । 
सेनेगलका आबुबकर विदेशी फुटबल खेलाडी हुन् । उनलाई भारतीय युवक ठाकुरले मोटरसाइकलमा हालेर भारत पुर्याएका थिए । सन् २०१९ मै नेपालको भिजा सकिए पनि आबुबकर नेपालमा बसेर फुटबल खेल्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 
विदेशी फुटबलरलाई सीमा पार गराउने आरोपमा ठाकुरलाई पनि एसएसबीले नियन्त्रणमा लिएको बताइएको छ । एसएसबीले पक्राउ परेका दुवै जनालाई नक्सलबारी प्रहरीलाई बुझाइसकेको छ । प्रहरीले दुवै जनालाई सिलगुडी जिल्ला अदालतमा पेस गरिसकेको छ । 
यता पक्राउ परेका  विदेशी फुटबलर आबुबकर नेपालका क्लबहरूबाट अफिसियल खेल नखेलेको पाइएको छ । आबुबकर नेपालमा बसेर अफिसियल बाहेकका खेलहरू खेलेको हुन सक्ने बुझिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै