मुख्य समाचार
छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुबा पक्राउ | हल्दिवारी २ को भुसुडी खोला नियन्त्रणमा हचुवाको भरमा बजेट खर्च | देशकाे आर्थिक भार कम गर्न निर्वाचन आयाेगकाे प्रस्ताव | प्रहरी भनेर धम्क्याउँदै लुटपाटमा संलग्न मेचीनगरका दुई जना पक्राउ | स्थानीय शासन र सुशासनको धज्जी उडाउदै कचनकवल गाउँपालिका | रास्वपा मधेश अधिवेशन: विधिको कुरा गर्ने पार्टीभित्रै कुटाकुट र तालाबन्दीको श्रृंखला, अधिकांश जिल्लामा प्रक्रिया ठप्प | भुटानमा भूकम्प जाँदा पूर्वी नेपालमा पनि धक्का, फिलिपिन्समा शक्तिशाली भूकम्प | किचकबधमा नवौँ पटकको उत्खनन हुँदै, अहिलेसम्म के-के भेटियो ? | किमाथांकामा तीन दिनदेखि टेलिकमको फोरजी सेवा अवरुद्ध | नेपाल–भारत बीच तीन महत्त्वपूर्ण सम्झौता |

झापामा आगलागी बढ्दै, एउटै दिन चार ठाउँमा आगो

देश प्रदेश डेस्क 5174+ समाचार ( )
१४ मंगशिर २०८२, शनिबार

सुक्खायाम शुरु भएसंगै झापामा आगलागीका घटना बढ्न थालेको छ । हिजो एकैदिन जिल्लाको चार ठाउँमा आगलागी भएको प्रहरीले जनाएको छ ।

गएराति १२.१५ बजे गौरादह–५चान्दुटोल बस्ने कुलबहादुर थापाको काठले बनेको टिनको छानो भएको गाईगोठमा आगलागी भएको छ । नजिकै रहेको फोहोर जलाउने क्रममा अचानक आगलागी हुँदा गाईगोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । साथै गोठभित्र रहेका गाईको एउटा बाछो , एउटा खसी, एउटा बाख्रा र दुईवटा कुखुरा जलेर मरेका छन् ।सो आगलागीबाट एउटा गाई र एउटा बाछो जलेर घाइते भएका छन् । सोही गोठमा राखिएको मकै अन्दाजी ५०मन, गाईलाई खुवाउने भुस ५बोरा र काठपातसमेत जल्दा अन्दाजी ८ लाख बराबरको धनमाल नष्ट भएको छ । उक्त आगो गौरादह र कमलको दमकलको सहयोगमा बिहान ३ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

त्यस्तै हिजो बिहान ६ः४५ बजे अर्जुनधारा वडा नं.८ हात्तीकिल्ला बस्ने राजन चौलागाईको डेढतले पक्की घरको छतमा ट्रस्ट लगाएको पुजा कोठामा बालेको दियोबाट अचानक सल्किएर आगलागी भएको छ । आगलागीबाट पुजाकोठा आंशिक जलेको छ भने कोठाभित्र रहेको धान ९मन, ३२ इन्चको एलइडी टीभी एक थान , पलङ एक थान, सिरक एक थान र डस्ना दुई थान गरी अन्दाजी एक लाख बराबरको क्षति भएको छ ।

त्यस्तै बिर्तामोड वडा न.२ चैतुवारीस्थित दुर्गा स्टिल प्रा.लि. उद्योगका कामदारहरु बस्ने घरमा आगलागी भएको छ ।हिजो साँझ ६;४० बजे सो उद्योगका कामदारहरु बस्ने २ तले पक्की घरको भुइँतलाको भान्सा कोठाबाट ग्यास लिक भइ अचानक आगलागी भएको हो ।आगलागीबाट भान्सा कोठा र भान्सा कोठासंगै टाँसिएको सुत्ने कोठा, कामदारहरुको नगद रु.१ लाख ५० हजार, लत्ताकपडा, मोबाइल–३ थान पूर्णरुपमा जल्दा छ लाख बराबरको क्षति भएको छ । उक्त आगो स्थानीय मानिसहरुको सहयोगमा साँझ ७;२० बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

त्यस्तै हिजो दिउँसो अन्दाजी १ः३० बजे गौरादह –३ बस्ने हरि पाण्डेको धान खेतमा धान काटेर फिजाईराखेको पाँजामा अचानक आगलागी भएको छ । आगलागीबाट अन्दाजी १० कठ्ठा बराबरको धान जलेर नष्ट हँुदा अन्दाजी ३० हजार बराबरको क्षति भएको छ ।

त्यस्तै आज बिहान ८ः३० बजे बिर्तामोडको सिटीसेन्टरमा आगलागी भएको छ । सिटीसेन्टरमा अर्जुनधारा ६ बस्ने सुनिल क्षेत्रीले संचालन गरेको अनुकुल इलेक्ट्रोनिक्स पसलमा सिसी क्यामेराको तार सर्ट भई आगलागी भएको हो । आगलागीबाट अन्दाजी एक लाख बराबरको इलेक्ट्रोनिक्स सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

त्यस्तै आज दमक ७ सयपत्री टोलमा रहेको कैयुब मन्सुरीको सिरक डसना उत्पादन गर्ने गोदाममा आगलागी भएको छ । आगलागीबाट गोदाममा रहेको सम्पूर्ण सामान र डसना बनाउने मेसिन जलेर नष्ट हुँदा करिब ७ लाख बराबरको क्षति भएको सञ्चालकको भनाई छ । विजुली सर्ट भएर गोदाममा आगलागी भएको आशंका गरिएको छ । दमक नगरपालिकाको दमकल प्रयोग गरी इलाका प्रहरी कार्यालय दमकका प्रहरी र नगर प्रहरीको संयुक्त टोली मिलेर आगो नियन्त्रणमा लिएका थिए ।

केही दिनदेखि आगलागीका घटनामा बृद्धि भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनले आगलागीबाट सावधान रहन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार