मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

एक बर्षमा कनकाई सहारा सर्पदंश उपचार केन्द्रमा १७७ जनाले लिए सेवा

देश प्रदेश डेस्क 5449+ समाचार ( )
४ श्रावण २०८१, शुक्रबार

                                                                                                                      साङ्केतिक तस्वीर

झापा कनकाई सहारा सर्पदंश उपचार केन्द्रमा यस बर्ष एक सय ७७ जनाले सेवा लिएका छन् ।

उपचार केन्द्रबाट आर्थिक बर्ष २०८०/०८१ मा एक सय ७७ जनाले सर्पको टोकाईको उपचार सेवा लिएका हुन् ।

झापाको कनकाई नगरपालिका–४स्थित कोटीहोममा २०७३ सालमा स्थापना भएको उपचार केन्द्रमा झापाका बिभिन्न स्थानबाट सर्पको टोकाईको उपचारका लागि बिरामी आउने गरेका सेवा केन्द्रका प्राबिधिक (एचए) उज्वल खुलालले जानकारी दिए । उनका अनुसार आर्थिक बर्ष २०७९/०८० मा २ सय बढीले उक्त उपचार केन्द्रबाट सेवा लिएका थिए । नयाँ आर्थिक बर्षको साउन २ गतेसम्ममा एक जनाले मात्र सेवा लिएका छन् ।

उपचार केन्द्रमा धेरैजसो कनकाई, शिवसताक्षी, अर्जुनधारा, केही बिर्तामोड नगरपालिकाबाट पनि आउने गरेका छन् भने झापा, बाह्रदशी गाउँपालिका साथै भारतको दिगल बैंकलगायतबाट समेत सर्पको टोकाईको उपचार गर्न उपचार केन्द्रमा आउने गरेको प्राविधिक खुलालले बताए ।

केन्द्रमा एक जना अनकल डाक्टर, पाँच जना प्राबिधिक, २ जना सहायकसहित आठ जना कर्मचारी रहेको बताइएको छ । उक्त उपचार केन्द्रमा करिब ९० प्रतिशत अबिसालु सर्पका टोकाईका बिरामी आउने गरेका खुलालको भनाइ छ ।

झापा बिर्तामोड– २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अगुवाईमा ६३ बढी संघसंस्थाको आवद्धतामा उपचार केन्द्रको स्थापना भएको थियो । स्थानीय ठाउँमै सर्पदंश उपचार केन्द्र स्थापना भएपछि सर्पको टोकाईबाट अकाल मृत्यु हुने क्रम घट्दै गएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार