मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएको कार्यक्रममा ‘श्री ५’ को शिलालेख, मेटाउन लगाउने सीडीओको तयारी

देश प्रदेश डेस्क 5495+ समाचार ( )
१० मंगशिर २०८०, आइतबार

झापा । तामझामका साथ झापाको बिर्तामोड १ स्थित इकम कलेजले पृथ्वीनारायण शाहको सालिक अनावरण गरेको छ । पूर्व राजा ज्ञानेन्द्र शाहले शनिवार सालिक अनावरण गरेका हुन् । सोही क्रममा इकम कलेजको समेत उद्घाटन गरेका थिए ।

इकम कलेजले राजतन्त्रको अन्त्य भएको वर्षौपछि पूर्व राजाको नाम शिलालेखमा बहालवाला राजा सरह लेखेपछि चौतर्फी विरोध सुरु भएको छ । नेपाल सरकारको नीति नियम बमोजिम दर्ता भई सञ्चालनमा रहेको इकमले शिलालेखमा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह’ लेखेको छ । शिलालेखको लेखाई अनुसार कार्यक्रम आयोजक संस्थाले संविधानको ठाडो उल्लंघन गरेको छ ।  कलेजले राजतन्त्रकै हवाला दिने गरी शिलालेख बनाएर पूर्वराजा ज्ञानेन्द्रको उपस्थितिमा उद्घाटन गरेको छ ।

कलेजका संस्थापक अध्यक्ष एवम् सीइओ आलोक कार्कीले शिलालेखमा त्रुटि भएको स्वीकार गरेका छन् । उनले पूर्वराजाको सचिवालयबाट प्राप्त फर्माट अनुसार शिलालेख तयार गरिएको जानकारी दिए । उनले भने – शिलालेख तयार भइसकेपछि हामीले पनि महसुस गरेका थियौं । तर, समय अभावले सच्याउन सकेनौं । आज विदा छ, २ दिनभित्र पूर्व राजा लेखेर अर्को शिलालेख राख्नेछौं । उनले आफुहरु संविधान विरुद्ध नरहेको स्पष्ट समेत पारेका छन् ।

कार्यक्रममा राष्ट्रिय गान ‘सयौं थुगा फुलका हामी, एउटै माला नेपाली’ समेत बजाइएको थिएन । सो सन्दर्भमा जिज्ञासा राख्दा उनले भने, राष्ट्रिय गान नबझाउन अनुरोध थियो । तर, बझाउन नपाएकोमा खल्लो लागेको छ ।

पूर्व कानुनमन्त्री अग्नी खरेलले राजतन्त्र नभएको देशमा कलेजले राजा छन् भन्ने सन्देश दिन खोजेर गम्भीर त्रुटि गरेको बताएका छन् । उनले उक्त कलेजलाई तत्काल त्रुटि सच्याउन भनेका छन् । संविधान विपरिज जान कसैलाई छुट नभएको उनको धारणा छ ।

कलेजले शिलालेखमा लेखेको पद मुलुकमा नरहेको बताउदै उनले संविधानले राजा नचिन्ने स्पष्ट बनाएका छन् । यो गणतन्त्रात्मक देश हो, यहाँ कुनै राजा महाराजा छैनन्, खरेलले भने – पूर्व राजा वा तत्कालिन राजा लेख्न मात्रै पाइन्छ ।
पूर्व महान्यायधिवक्ता समेत रहेका खरेलले ‘श्री ५ महाराजधिराज’ लेख्दा पनि नेपाल सरकारले के हेरेर बसरिहेको छ भन्दै प्रतिप्रश्न गरेका छन् । उनले राजतन्त्र अन्त्य भइसकेको अवस्थामा राजा छन् भन्ने सन्देश दिनु शैक्षिक संस्थाको ठुलो कमजोरी भएको बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले हुदै नभएको पद लेख्न नपाइने बताएका छन् । यो विषय जानकारी लिइरहेको छ, लेख्न नमिल्ने विषय लेखेको भए तत्कालै मेटाउन लगाइने जानकारी दिए । इजलासबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार