मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

देश जोगाउने र धर्मको रक्षा गर्ने काम राप्रपा वाहेक अन्यले नसक्ने – नेता लिङ्देन

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२५ कार्तिक २०८०, शनिबार

झापाराष्ट्रिय प्रजातन्त्र पार्टी झापाले शुभकामना आदन–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । आउँदै गरेका विभिन्न चाडपर्वहरुलाइ भव्यताका साथ मनाउन पार्टीले शनिबार कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमलाइ सरकारका पूर्व उपप्रधानमन्त्री एवम पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले सम्बोधन गरेका थिए । झापा क्षेत्र नम्बर ३ का सङ्घीय सासद समेत रहेका लिङ्देनले देश जोगाउने र धर्मको रक्षा गर्ने काम राप्रपा वाहेक अन्यले नसक्ने दाबी गरे । गणतन्त्रका कारण देश आर्थिक सङ्कटमा परेकोले यही समयमा राप्रपाले नेतृत्व लिएर देशलाइ बचाउनु पर्नेमा जोड दिए ।
राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठन झापाका अध्यक्ष राजकुमार राइले स्वागत गरेको कार्यक्रममा पार्टीका सह महामन्त्री भारतेन्दु कुमार मल्लिक, कोशी प्रदेश सासद अम्बर बहदुर विष्ट, कोशी प्रदेश अध्यक्ष रामकुमार थापा ,विर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यही आउँदो मङ्सिर ९ गते पृथवीनारायण शाहको शालिक अनावरणका लागि पूर्व राजाको झापा सवारी हुने भएकोले सो कार्यक्रम सफल पार्न सवै पक्षलाइ अनुरोध समेत गरिएको थियो ।
जिल्ला अध्यक्ष केशव प्रसाद ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सामूहिक देउसी–भैलो खेलिएको थियो । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रमा प्रवेश गर्ने सदस्यलाइ कार्यक्रममका प्रमुख अतिथी लिङ्देनले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव कुमार थापाले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार