मुख्य समाचार
गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु |

रास्वपाको सुनसरी जिल्ला अधिवेशनमा विवाद, मतदान सूचीबाट नाम हटाउँदा हातहालाहाल

देश प्रदेश डेस्क 5338+ समाचार ( )
२३ जेठ २०८३, शनिबार

झापा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम सुनसरी जिल्ला अधिवेशन कोशी गाउँपालिका–१ स्थित लौकही सिटी हलमा जारी रहेका बेला मतदान अधिकारबाट नाम हटाइएको विरोधमा युवा कार्यकर्ताहरू धर्नामा बसेपछि विवाद उत्पन्न भई हात हालाहालको घटना घटेको छ।

अधिवेशनमा मतदान गर्ने अधिकारप्राप्त प्रतिनिधिहरूको सूचीबाट केही बेरअघिबाट मात्र आफ्नो नाम हटाइएको थाहा पाएका केही युवा कार्यकर्ताहरूले बन्दसत्र हल प्रवेश गर्ने मूल ढोकै बन्द गरेर धर्नामा बसेका थिए। उनीहरूलाई हटाएर चुनावी प्रक्रिया सुरु गरेपछि दुई पक्षबीच विवाद चर्किँदै हात हालाहालको स्थिति बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

तथापि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी चन्द्र खड्काले भने हो हल्ला भएको भए पनि हात हालाहाल भने नभएको बताएका छन्। उनका अनुसार प्रहरीले अवस्था नियन्त्रणमा लिएको छ।

सुनसरी जिल्ला सभापति पदका लागि मोहन निरौला, चक्रबहादुर विष्ट, पुण्य प्रसाद सापकोटा, सागर दाहाल र कृष्ण रौनियारसहित ५ जनाले आकाङ्क्षा राखेका थिए र यही पदको प्रतिस्पर्धाबीच प्रतिनिधि छनोट प्रक्रियामा विवाद उत्पन्न भएको बुझिएको छ।

रास्वपाले जेठ २३ गते कोशी प्रदेशका सुनसरीसहित ८ जिल्लामा एकसाथ जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो। यी अधिवेशनहरूपछि असार ७ देखि ९ गतेसम्म चितवनमा पार्टीको प्रथम महाधिवेशन हुने तय भएको छ। सुनसरीमा देखिएको यो विवादले पार्टीको आन्तरिक एकतामाथि प्रश्न उठाएको छ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार