मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन

भेषराज नेपाल 151+ समाचार ( )
८ अशोज २०८३, बिहीबार

झापा / प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका छन्। प्रधानमन्त्री शाहले बिहीबार, सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय ‘जनरल डिबेट’लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

महासभामा सम्बोधन गर्नुअघि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यसूची तय भएको छ। परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्री शाहको न्युयोर्क भ्रमणका क्रममा महासचिव गुटेरेससँग भेट हुने पुष्टि गरेको छ।

महासभाको दिवासत्रमा प्रधानमन्त्री शाहको सम्बोधन १७औँ क्रममा रहेको बताइएको छ। उपलब्ध कार्यतालिकाअनुसार नेपाली समयअनुसार उनको सम्बोधन शुक्रबार बिहानतिर पर्नेछ। एक वक्ताका लागि सामान्यतः १५ मिनेट समय छुट्याइए पनि राष्ट्र तथा सरकार प्रमुखले आवश्यकताअनुसार थप समय लिन सक्ने बताइएको छ।

प्रधानमन्त्री शाहको सम्बोधनमा जलवायु परिवर्तन, जलवायु न्याय, कम कार्बन उत्सर्जन गर्ने मुलुकले भोगिरहेको क्षति तथा हालैको भोटेकोशी बाढीबाट नेपालमा परेको विनाशबारे विषय उठाउने तयारी रहेको छ। पर्वतीय मुलुकका समस्या तथा विश्व शान्तिमा नेपालको योगदानका विषय पनि सम्बोधनमा समेटिने अपेक्षा गरिएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताह सेप्टेम्बर २२ देखि २९ सम्म न्यूयोर्कमा चलिरहेको छ भने जनरल डिबेट सेप्टेम्बर २२ देखि २६ र २८ तारिखमा सञ्चालन हुँदैछ।

प्रधानमन्त्री शाहको यो भ्रमण पदभार ग्रहण गरेपछि भएको पहिलो प्रमुख अन्तर्राष्ट्रिय सहभागिताका रूपमा समेत हेरिएको छ। उनी सेप्टेम्बर २६ मा काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार