मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव

देश प्रदेश डेस्क 5481+ समाचार ( )
७ अशोज २०८३, बुधवार

झापा / चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने कुटपिट र दुर्व्यवहार नियन्त्रण गर्न सरकारले कानुनी व्यवस्था थप कडा बनाउने प्रस्ताव गरेको छ।

सरकारले संसद्मा दर्ता गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ मा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कडा सजायको व्यवस्था प्रस्ताव गरिएको हो। विधेयकमा कसुरको प्रकृति हेरी २ वर्षदेखि ५ वर्षसम्म कैद तथा २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ।

स्वास्थ्यकर्मीमाथि उपचारका क्रममा वा उपचारसँग सम्बन्धित विषयलाई लिएर हातपात, कुटपिट तथा शारीरिक आक्रमणका घटना बढिरहेका बेला सरकारले कानुनी संरक्षण बलियो बनाउन संशोधन विधेयक अघि बढाएको हो।

प्रस्तावित व्यवस्थाले चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीमाथि हुने हिंसालाई गम्भीर रूपमा लिँदै त्यस्ता घटनामा संलग्न व्यक्तिमाथि कडा कारबाहीको बाटो खोल्नेछ।

त्यस्तै, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको काममा अवरोध गर्ने, स्वास्थ्य संस्थामा तोडफोड गर्ने, धम्की दिने, गालीगलौज गर्ने वा बिरामीको उपचारमा बाधा पुर्‍याउने कार्यलाई समेत कानुनी दायरामा ल्याउने व्यवस्था प्रस्ताव गरिएको छ।

प्रतिनिधि सभाको अभिलेखअनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ असोज ५ गते दर्ता भएको हो। विधेयक स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित सरकारी विधेयकका रूपमा दर्ता भएको देखिन्छ।

स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका कारण उपचार सेवा प्रभावित हुने तथा स्वास्थ्य संस्थामा असुरक्षाको वातावरण सिर्जना हुने गरेको भन्दै स्वास्थ्य क्षेत्रबाट लामो समयदेखि कानुनी सुरक्षा थप बलियो बनाउन माग हुँदै आएको थियो।

प्रस्तावित विधेयक संसद्बाट पारित र प्रमाणीकरण भएपछि मात्र नयाँ व्यवस्था कानुनी रूपमा लागू हुनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार