मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

आज उपत्यकाका २ सय विद्यालय बन्द

देश प्रदेश डेस्क 5495+ समाचार ( )
७ मंगशिर २०८०, बिहीबार

                                                                                     साङ्केतिक तस्वीर

झापा । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंलगायतले आज गर्न लागेको प्रदर्शनका कारण २ सय विद्यालय बन्द हुने भएका छन्। खासगरी प्रदर्शन क्षेत्रका स्कुल बन्द गर्नुपर्ने अवस्था निम्तिएको सञ्चालकहरूले बताएका छन्।ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलकी संस्थापक अध्यक्ष गीता रानाले विद्यार्थी तथा अभिभावकलाई बिहीबार स्कुल बन्द रहेको सूचना पठाइसकेको बताइन्। राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन) की पूर्वअध्यक्षसमेत रहेकी रानाका अनुसार आन्दोलनका कारण बानेश्वर, तीनकुने, कालिमाटी, कलंकी, बल्खु, चक्रपथलगायत क्षेत्रका सबैजसो स्कुल प्रभावित हुनेछन्। आन्दोलनकारीको भिड र आन्दोलनका कारण बालबालिकालाई तनाव हुने भएकाले विद्यालय बन्दको उपाय रोजिएको उनले बताइन्।

उनले थपिन्, ‘ट्राफिक अस्तव्यस्त भए बालबालिका लामो समय बसभित्रै थुनिनुपरे मानसिक तनाव हुन्छ। त्यही भएर विद्यालय बन्द गर्ने निर्णय गरी सूचना अभिभावक कहाँ पठाइदिएँ।’ उनका अनुसार काठमाडौंको आन्दोलनले सबै ठूला निजी विद्यालयहरूलाई प्रभावित पारेको छ। ललितपुरमा रहेको जेम्स, युलेन्स, लिटिल एन्जल, रातो बंगलालगायत धेरै निजी विद्यालय बन्द हुने बताइएको छ। निजी तथा आवासीय विद्यालय अगनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष डिके ढुंगानाका अनुसार बिहीबारको आन्दोलनकै कारण उपत्यकाका चक्रपथभित्रका बस सञ्चालनमा रहेका २०० विद्यालय बन्द हुने भएका छन्। ‘प्याब्सनको निर्णयअनुसार विद्यालय बन्दको जिम्मेवारी स्कुलहरूलाई नै दिइएको छ,’ उनले भने, ‘प्याब्सनले आन्दोलन प्रभावित क्षेत्रका विद्यालय बन्दका लागि स्वनिर्णय गर्ने अधिकार दिइएको हो तर प्याब्सनले बन्दको निर्णय भने गरेको होइन।’

अध्यक्ष ढुंगानाले ललितपुरको सानेपास्थित आफ्नो रेडियन रिडर स्कुल बल्खुको नजिकै पर्ने भएकाले स्वतः प्रभावित हुने र बन्द रहने बताए। ‘बालबालिकालाई बन्दको त्रासमा पार्नुभन्दा घरमै आनन्दसँग बस्न दिनु उचित लाग्यो,’ उनले भने, ‘बिहीबारको शैक्षिक क्षति अन्य दिनमा पूरा हुन्छ।’ उनका अनुसार कतिपय स्कुल सञ्चालकहरूले आजको कक्षा अनलाइन सञ्चालन गर्नसमेत राजी भइसकेको अध्यक्ष ढुंगानाले जनाए। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार