मुख्य समाचार
नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै | डा. गोविन्द केसीको २४औँ सत्याग्रह: बालुवाको पुल बन्दै सरकारी सहमति र उनको निरन्तर त्याग | काँकरभिट्टा नाकामा सशस्त्र प्रहरीको बीआईटी परिचालन | गौरीगञ्ज–१ का वडा सचिव साह १० हजार घुससहित पक्राउ | मध्यरातकाे झडपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु | एमबीएस प्रश्नपत्र लिक प्रकरण: मुख्य आरोपी सन्दिप सिंहसहित दुई जना पक्राउ | अरुण तेस्रोको बाँध ८० प्रतिशत बन्यो, जग्गा विवादले प्रसारण लाइन अवरुद्ध | त्रिवि एमबीएस प्रश्नपत्र आउट प्रकरण: दुई जना पक्राउ, छानबिन तीव्र | पर्साको आँप बगैँचाबाट १४० किलो गाँजा बरामद, कारोबारी फरार | असफल वाम एकताको चक्रव्यूहमा नेपाली कम्युनिस्ट: जुट्दै फुट्दै ७६ वर्ष |

स्थानीय शासन र सुशासनको धज्जी उडाउदै कचनकवल गाउँपालिका

भेषराज नेपाल 91+ समाचार ( )
२६ जेठ २०८३, मङ्गलबार

झापा / झापाको कचनकवल गाउँपालिकामा राजनीतिक खिचातानी र आन्तरिक स्वार्थका कारण लामो समयदेखि टोल विकास संस्था गठन हुन सकेको छैन।

गाउँपालिकाले ‘टोल विकास संस्था गठन तथा परिचालन निर्देशिका–२०७५’ पारित गरेको वर्षौँ बितिसक्दा पनि पालिकाका ७ वटै वडाहरूमा समिति गठन नगरिँदा स्थानीय शासन र सुशासनको धज्जी उडेको छ। नागरिकहरूलाई स्थानीय योजना तर्जुमा प्रक्रियामा जोड्ने र तल्लो तहसम्म पारदर्शी रूपमा बजेट पुर्‍याउने बलियो कडी मानिने टोल विकास संस्था नहुँदा पालिकाको समग्र विकास प्रक्रिया नै अनिर्णयको बन्दी बनेको हो।

नेपाल सरकारले टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि, २०७७ मा स्थानीय विकास प्रक्रियामा टोल तथा बस्ती स्ततरबाट नै नागरिक सहभागिता सुनिश्चित गर्दै समाजको आर्थिक, सामाजिक, साँस्कृतिक लगायत विकासका सबै पक्षमा दिगोपना र अपनत्व सृजना गर्न निश्चित भौगोलिक क्षेत्र भित्र बसोबास गर्ने नागरिकहरुको सहभागितामा वडा कार्यालयको सहयोगिका रुपमा काम गर्ने गरी टोल विकास संस्थाको गठन र परिचालनका लागि आवश्यक कानुनी व्यवस्था गरिएको छ । तर दलहरूबीच समितिको नेतृत्व आफ्नो पोल्टामा पार्ने छिनाझपटी र भागबन्डा नमिल्दा वर्षौँदेखि यो प्रक्रिया ठप्प पारिएको छ। नियमअनुसार टोलस्तरका उपभोक्ताहरूको भेला बसी आवश्यक्ताका आधारमा योजना छनोट गरी वडामा सिफारिस गर्नुपर्ने प्रावधानलाई पूर्ण रूपमा कुल्चिएको छ। टोल संस्था नभएकै फाइदा उठाउँदै वडाध्यक्ष र सिमित दलका नेताहरूले मनोमानी ढंगले आफ्ना निकटका कार्यकर्ता पोस्ने गरी उपभोक्ता समिति बनाउने र खल्तीका योजनामा बजेट खन्याउने परिपाटी मौलाएको छ।

पालिका वडा नं. ३ का वडा अध्यक्ष ग्यास अजमल मिँयाले टोल विकास एकदमै जरुरी भएको बताउदै पहिला गठन भएको थियो रे त्यसपछि विघटन भएपछि पुनः गठन हुन नसकेको जानकारी दिए । उनले भने, "म आएपछि गठन गर्ने प्रयास गरेको तर कार्यपालिकाले महत्व नदिएका कारण गठन हुन नसकेको हो "। टोल विकास गठन नभएपनि बजेट तर्जुमा तथा छनोटका लागि टोल-टोलमा गएर सबैका योजनाहरु लिने र पालिकामा पठाउने गरेका छौ, उनले भने ।

त्यसैगरी वडा नं. २ का वडाधयक्ष लेखनाथ खत्रीले स्थानीयहरुले नै चासो नदेखाएका कारण गठन हुन नसकेको बताए । उनका अनुसार वडामा हुने हरेक क्रियाकलापहरु टोल-टोलमै गएर सुझाव लिने कार्य गरिरहेको जानकारी दिए ।

पालिकाका प्रमुख प्रशासकिय अधिकृत स्काइ पोखरेलले यहाँका जनप्रतिनिधिका कारण गठन हुन नसेको बताएका छन् । उनले भने, " स्थानीय नागरिकलाई नै टोल विकास संस्था भनेको के हो, यसबाट हामीलाई के फाइदा हुन्छ भन्ने जानकारी छैन " । समग्रमा यो पालिक अलिक अशिक्षित नागरिक बसोबास गर्ने भएकाले जनप्रतिनिधिहरुले यसको महत्व बुझाउन नसकेको हो । नागरिकले पनि यसको महत्व नबुझेका कारण कतैबाट पनि संस्था गठन गरिदिनु भनेर पनि आएका छैनन् , उने भने ।

छिमेकी पालिकाहरूले टोल विकास संस्थालाई सक्रिय बनाएर स्थानीय स्तरमै सुशासन र पारदर्शिताको राम्रो अभ्यास गरिरहँदा कचनकवलका जनप्रतिनिधिहरू भने कुर्सी र गुटको लडाइँमै व्यस्त देखिएका छन्। टोलस्तरमा हुनुपर्ने सार्वजनिक परीक्षण र सुनुवाइ समेत औपचारिकतामा मात्रै सिमित गरिँदा बजेटको व्यापक दुरुपयोग भइरहेको आरोप स्थानीयवासीको छ। कानुनलाई कागजमै सीमित राखेर आम कचनकवलवासीलाई विकासको अधिकारबाट वञ्चित गर्ने जनप्रतिनिधिहरूको यो अकर्मण्यता र अक्षमतामाथि अब स्थानीय जनताले कडा प्रश्न उठाउने बेला आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार