मुख्य समाचार
विगतका कमजोरीबाट पाठ सिकेर जनतामाझ फर्किनुपर्ने -गगन | युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित |

सभामुखदुवारा ज्येष्ठ नागरिकलाई ३०१ वटा लौरो

देश प्रदेश डेस्क 5229+ समाचार ( )
५ मंगशिर २०८०, मङ्गलबार

झापा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आफ्नो निर्वाचन क्षेत्रका ३०१ जना ज्येष्ठ नागरिकलाई लौरो वितरण गरेका छन् ।

आइतवार उनले बिर्तामोड र कन्काईका १५० ज्येष्ठ नागरिकलाई लौरो वितरण गरेका थिए भने सोमवार अर्जुनधाराका ११५ र बुद्धशान्तिका तीनवटा वडाका ३६ जना ज्येष्ठ नागरिकलाई लौरो वितरण गरेको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए । सभामुखले आफ्नो निजी खर्चमा प्रतिगोटा ६५० रुपैयाँ पर्ने ३०१ वटा लौरो वितरण गरेको अधिकारीले जानकारी दिए ।

यसक्रममा अर्जुनधारा नगरपालिकाका ११५ जना ज्येष्ठ नागरिकलाई सोमवार लौरो वितरण गरिएको छ । अर्जुनधारा नगरपालिकामा आयोजित कार्यक्रममा सभामुख घिमिरेले लौरो वितरण गरेका हुन् । सभामुखको सचिवालयको समन्वयमा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सभामुख घिमिरेले ज्येष्ठ नागरिकलाई लौरो उपहार दिएका थिए ।

यसैगरी नगरपालिकाको तर्फबाट ज्येष्ठ नागरिकलाई सुधारिएको चुल्हो वितरण गरियो । नगरकी उपप्रमुख खड्गमाया पराजुलीले स्वागत गरेको कार्यक्रममा संविधानसभाका सदस्य प्रेम गिरी, नगरकी पूर्व प्रमुख प्रशासकीय अधिकृत गिताकुमारी राईलगायतले आ–आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमृतलाल राजवंशी, बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलचन रिमाल, नगरका जनप्रतिनिधि, विभिन्न पार्टीका प्रतिनिधि, नगरका विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरका कर्मचारी सौजन कटुवालले गरेका थिए ।

त्यस्तै बुद्धशान्ति गाउँपालिकाका तीनवटा वडामा सोमवार नै ३६ वटा लौरो वितरण गरिएको छ । बुद्धशान्तिको १,२ र ३ नं वडाका ज्येष्ठ नागरिकलाई ती लौरो वितरण गरिएको हो । ती वडा घिमिरे निर्वाचित झापा क्षेत्र नं २ अन्तर्गत पर्छ ।

यसअघि आइतवार बिर्तामोड नगरपालिकामा आयोजित कार्यक्रममा बिर्तामोड र कनकाई क्षेत्रका करिव १५० जना ज्येष्ठ नागरिकहरुलाई सम्मानसहित लौरो वितरण गरिएको थियो । सभामुखले उपलव्ध गराएको लौरोसंगै सम्बन्धित चारवटा पालिकाहरुले ज्येष्ठ नागरिकहरुलाई टोपी , मजेत्रो , दोसल्ला , चुल्होलगायतका उपहार दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार