मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

पाेसाक वितरण
भद्रपुर नगरले विद्यार्थीलाई निःशुल्क पोसाक वितरण गर्ने

Desh Pradesh News 1+ समाचार ( )
३० श्रावण २०८०, मङ्गलबार

भद्रपुर भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को वार्षीक नीति तथा कार्यक्रम अन्तर्गत नगरभित्र रहेका ३१ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक वितरण गर्ने अभियान शुरु गरेको छ ।

भद्रपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनमा मङ्गलबार भद्रपुर १ मा रहेको हिमाली माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीलाई एक ÷एकजोर विद्यालय पोसाक वितरण गरेर अभियान शुरु गरेको हो ।

 सो विद्यालयमा १ सय ८१ जनाले निःशुल्क पोसाक पाएका छन् । छात्र छात्राले पोसाक पाएपछि खुसी देखिएका थिए भने अभिभावक समेत नगरले ल्याएको कार्यक्रममा उत्साहित देखिएका थिए ।  नगर भित्र विद्यालयमा अध्ययनरत  १ देखि ५ कक्षा सम्मका २४ सय ५६ जना विद्यार्थीलाई निशुल्क पोसाक वितरण गरिने नगर शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलले बताए । नगरबाट पहिलो पटक ल्याएको कार्यक्रम नगर भित्रका सामुदायिक विद्यालयमा तीन हप्ता भित्र पोसाक उपलब्ध गराइसक्ने उनले जानकारी दिए । 

नगरले सुरुमा हाम्रो विद्यालयनै रोजेर यो कार्यक्रम गरेकोमा खुशी भएको हिमाली माविका प्रधानाध्यापक दीपक दाहाल बताउँछन् । नगरपालिकाले प्लेग्रुप देखि लिएर कक्षा १० सम्मका विद्यार्थीहरुलाइ पोसाक लगायत अन्य शैक्षिक सामग्री समेत व्यवस्थापनका लागि सुझाव दिएका थिए । 

नगरका प्रमुख प्रशासकीय अधिकृत टेक कुमार रेग्मीले विद्यार्थीहरुको हौसलाको निम्ति यो कार्यक्रम सुरु गरेको बताए । कार्यक्रमले सवै क्षेत्रमा टेवा पुर्याउने उनको बुझाइ छ । 

कार्यक्रममा बोल्दै नगर प्रमुख गणेश पोखरेलले पहिलो कार्यकालमा शिक्षामा १ करोड बजेट छुट्टयाइएको थियो भने  चालु आर्थिक वर्षमा अनुमानित ३ करोड बजेट छुट्टयाइएको बताए । सामुदायिक विद्यालयलाइ गुणस्तर बनाउदै गुणस्तर मापन समिति मार्फत अनुगमन गरिने समेत उनले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार