मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |
मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |


चेतना नेपालद्धारा झापाका ६० वटा विद्यालयमा शैक्षिक सामग्री वितरण

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१४ माघ २०८१, सोमबार

झापा । चेतना नेपालद्धारा झापाका ६० वटा विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ । संस्थाका अध्यक्ष एवम प्रशिक्षक इन्द्रप्रसाद ओलीको सभापतित्व एवम जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्यमा सामग्री वितरण गरिएको हो ।
संस्थाले सोमबार  भद्रपुरमा आयोजना गरेको कार्यक्रममा भद्रपुर,मेचीनगर,बिर्तामोड नगरपालिका र हल्दीबारी गाउँपालिका  सामुदायिक र निजी विद्यालयलाई सुर्तीजन्य,मदीराजन्य र नसाजन्य पदार्थ बिरूद्धका जनचेतनामूलक शैक्षिक सामग्री वितरण गरिएको थियो ।


कार्यक्रममा  ड्रग्स एडिक्सनका वारेमा चेतना नेपालका सदस्य दौतरी शिक्षा अभियानकर्ता दर्शन भट्टराइले  प्रशिक्षण  गरेका थिए  । प्याब्सन भद्रपुर नगर समितिका अध्यक्ष भक्त वहादुर कार्कीले अभियानमा  संस्थाका तर्फबाट सहकार्य गर्ने बताए । सामग्री सही तरिकाले प्रयोग हुन सके बढ्दो लागूऔषध दुव्र्यसन न्युनिकरणमा ठूलो सार्थक मिल्ने  प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए । नगरप्रमुख  गणेश पोखरेलले स्थानीय सरकारको साथ सहयोग रहने बताए  ।
  कार्यक्रममा  प्रहरी प्रमुख मिलन के सी, मेची बहुमुखी क्याम्पस स– प्राध्यापक तारा विविध ,नेपाल बहुउदेश्य सहकारी संस्था लि काँकाडभिट्टाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती, चेतना नेपालका मानार्थ सदस्य  शिव कुमार राजभण्डारी ,चेतना नेपालकी उपाध्यक्ष उषा गुरुङ् ,प्याब्सन केन्द्रीय समितिका सल्लाहकार गोविन्द लम्साल ,प्याब्सन भद्रपुर नगरसमितिका  सचिव सुरज सापकोटा ,सदस्य राजसंकर झा , ओली यशोसियटका बजार प्रबन्धक ओजेश ओली  ,चेतना नेपालका सल्लाहकार सदस्य प्रेम सेडाइ  लगायत विद्यालयका प्रधानध्यापक एवम शिक्षक, बालक्वलका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा  लागूऔषध दुव्र्यसन विरुद्धको अभियान सफल बनाउन सबै तह तप्का परिचालन हुन आग्रह गर्दै कार्यक्रमको औचित्यमाथि  अध्यक्ष एवम प्रमुख प्रशिक्षक ओलीले प्रष्ट पारेका थिए ।
 
 प्रमुख अतिथि समेत रहेका  बरालले  कार्यक्रमको  प्रशंसा गर्दै जिल्लाव्यापी कार्यक्रम गर्न शैक्षिक सामग्री पुर्याउन सबै लाग्नु पर्ने बताए । गुरु ( शिक्षक ) हरुले नै भनेको नानीहरुले मान्ने हुँदा सानै कक्षा देखि नै दुव्र्यसनबाट सचेत गराउन  सामग्री सदुपयोग गर्न प्रयोगमा लान समेत आग्रह गरे ।
  स्वास्थ्य कार्यालय झापा , आन्तरिक राजस्व कार्यालय झापा , सहरा नेपाल चारपाने , नेपाल बहुउदेश्य सहकारी संस्था लि काँकाडभिट्टा , ओली यसोसियट बिर्तामोड , खानेपानी उपभोक्ता तथा सरसफाइ समिति चन्द्रगढी ,प्याव्सन भद्रपुर नगर समिति , हल्दिबरी जलथल डेरी , प्रज्ञा एकेडेमी भद्रपुर ९, विभुती बिध्यामन्दिर भद्रपुर १० , आउटफिट फेसन बिर्तामोड मेघा कम्पेक्स ,इष्टपोइन्ट अङ्ग्रेजी स्कुल भद्रपुर ४ ,कृपा फार्मेशी ,प्रभु कृपा फार्मेशी तथा क्लिनक लगायतले सामग्री सौजन्य गरेका थिए ।


 कार्यक्रममा शैक्षिक सामग्री  सौजन्य सस्थालाई प्रशंसा पत्रद्धारा  सम्मान गरिएको थियो ।त्यसैगरि अभियान कर्ता कल्पना भट्टराई , साथी शिक्षाको रुपमा काम गर्दै आएका  दर्शन भट्टराई र अशिम श्रेष्ठलाइ समेत प्रशंसा पत्र द्धारा सम्मान गरिएको थियो ।
कार्यक्रमा स्वागत मन्तव्य चेतना नेपालकी सदस्य तथा प्रशिक्षक कल्पना भट्टराईले गरेकी थिइन् भने  सञ्चालन सन्चारकर्मी केशव भट्टराईले  गरेका थिए ।

प्रतिक्रिया

इन्द्र प्रसाद ओली १४ माघ २०८१, सोमबार

हार्दिक आभार सहित धन्यवाद

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार