मुख्य समाचार
झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ | बिर्तामाेडबाट ५ किलाे गाजासहित दुइजना पक्राउ | ‘लु’ को जोखिमबाट जोगिन पूर्वतयारी आवश्यक | भ्रष्टाचारको कालो छायाँमा सांसद कुशवाहा: ४ वर्ष कैद र ३८ लाखभन्दा बढी जरिवाना | मे महिनामा पर्यटककाे उच्च आगमन |

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले लिए शपथ, यस्तो छ मन्त्रीमण्डल

देश प्रदेश डेस्क 5162+ समाचार ( )
२२ भाद्र २०८०, शुक्रबार

झपा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । 

सर्वोच्च अदालतको परमादेशअनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता कार्कीलाई शुक्रबार संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सर्वोच्च अदातलले प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा  कार्कीलाई बिहीबार ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेअनुसार प्रदेश प्रमुख खापुङले शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री कार्कीले पहिलो चरणमा सानो आकरको मन्त्रीपरिषद विस्तार गरेका छन् । ताप्लेजुङका तीलकुमार मेन्याङ्बो खानेपानी, सिचाइ तथा उर्जामन्त्री हुने भएका छन् । मेन्याङबो यसअघि पनि कार्की नेतृत्वमै यही मन्त्रालय सम्हालेका थिए ।

त्यस्तै खोटाङबाट निर्वाचित सांसद पाँचकर्ण राईले पर्यटन, वन तथा वातावरण मन्त्री र झापाबाट निर्वाचित सांसद एकराज कार्कीले भौतिक पूर्वाधार विकास मन्त्रीको शपथ ग्रहण गरेका छन् । 

यस्तै भोजपुरबाट समानुपातिक सांसद सृजना राई सामाजिक विकास राज्यमन्त्री भएकी छिन् । नियुक्त भएर शपथ लिने सबै एमालेका सांसदहरु हुन् । राप्रपा भने तत्काल कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ । यद्यपि, कार्कीको नेतृत्वमा बन्ने सरकारलाई भने समर्थन गर्ने राप्रपाले जनाएको छ ।

सर्वोच्चको पत्र शुक्रबार प्राप्त भएपछि कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि शपथ ग्रहण पनि गराइएको हो । 

सर्वोच्च अदालतले बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गर्दै पदमूक्त गरी प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको थियो ।

न्यायाधीशहरू सपना मल्ल प्रधान, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्कीलाई ४८ घण्टाभित्र कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार